किराँत याक्थुङ चुम्लुङ इजरायलको पहलमा बन्दै गरेको धान नाच प्रतिमा “ताक्वाजंग या?राक्मातेन्” को उद्घाटन हुने भएको छ !!
ताप्लेजुङको फुङलिङ नगरपालिका ७ स्थित तोक्मे बजारमा पचास लाख लागतमा कांस धातुवाट निर्माण गरिदै गरेको उक्त प्रतीमा उद्दघाटन पौष २५ गते बिहिबार बिहान ११ बजे हुने भएको हो !
उक्त प्रतिमा उद्दघाटनका लागी किराँत याक्थुङ चुम्लुङ इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिम ताप्लेजुङ् आइपुग्नु भएको छ !
लिम्बु जातीको ऐतिहासिक साँस्कृतिक परम्परालाइ जिवित राख्न र त्यस ठाउँको इतिहासलाइ लोप हुन नदिन याक्थुङ चुम्लुङ इजरालले आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुइ महिला र दुइ पुरूष धान नाचिरहेको प्रतिमा निर्माण गर्ने निर्णय गरेको बताईएको छ ।
पाँच फिट उचाइको पिलरमा रहने प्रतिमाको पृष्ठभुमिमा आर्टिफिसियल फक्तालुङ, मुकुम्लुङ, स्टिल बार बाउण्ड्री, ढुंगा बिच्छ्याउँने, आराम गर्नका लागी बेन्चहरू राख्ने, फुल रोप्ने साथै बगैंचा समेत रहने याक्थुङ चुम्लुङ इजरायलले जनाएको छ ।
उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ ताप्लेजुंगको आयोजना तथा किरात किराँत याक्थुङ चुम्लुङ संघिय अध्यक्ष प्रेम एक्तेनको प्रमुख आथित्यमा मा नेपाली राष्ट्रिय कलाकार दिपा सूहाङ्ग, नोगेंन लिम्बु, पुस्पान्जली तिलिंग,सुनिता केदेम,रुक्सना लिम्बु ,सेमीहाङ्ग सिङ्घक लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिने किराँत याक्थुङ चुम्लुङ इजरायलकी महासचिब इन्दु लावतीले जानकारी दिनु भएको छ |