बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन

समाचार

प्रकाश पाक्साँवा


तेह्रथुम, १९ साउन । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापमा नेपाल तरुणदल वडा कमिटी गठन भएको छ । शनिबार सम्पन्न नेपाली कांग्रेसको भेलाले बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय तरुणदलको गठन गरीएको हो ।

उपाध्यक्ष सुबास लिम्बु, सचिव जिवन मादेन,सहसचिव शेर बहादुर आंखेवा र कोषाध्यक्ष नेत्र बहादुर बस्नेत रहनु भएको छ । त्यस्तै नेपाल महिला संघ अम्बिका भुजेलको अध्यक्षमा ११ सदस्यीय कार्य समितीको गठन भएको छ । उपाध्यक्ष निरु लिम्बु,सचिव शान्तीला लिम्बु, कोषाध्यक्ष राममाया कटुवाल रहनु भएको छ । वडा कार्य बाहक सभापती महेन्द्र मादेनको उपश्थीतीमा समिती गठन गरीएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = 36