सांस्कृतिक कार्यक्रमको लागि तेस्रो पुरस्कार लोकमान मादेनद्धारा सहयोग !

सामाजिक

प्रकाश पाक्साँवा तेह्रथुम १८ साउन

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा आयोजित ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार लोकमान मादेनले गर्नु हुने भएको छ । छथर गाउँपालिका ६ सुदाप टुक्रे तेह्रथुम निवासी लिम्बले तेस्रो पुरस्कार प्रायोजन गर्नु हुने भएको हो । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागीएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार ५ सय दोश्रो हुनेले ७ हजार ५ सय र तेश्रो हुनेले ४ हजार ५ सय नगद सहित प्रमाण पत्र पाउने भएका छन । नृत्य प्रतियोगिता यती साउन ३० गतेबाट सुरु हुने भएको छ । नृत्यका साथै स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका रनिङ कप भलिबल प्रतिगोगित हुने भएको छ । भलिबल प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै सोही अबसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

फुटबलमा बिजेताले नगद ६७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले नगद ४० हजार प्रमाणपत्र र मेडल पाउने भएको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । खेलकुद तर्फ ब्यामिन्टन प्रतियोगिता हुने भएको छ । ब्यामिन्टन प्रतियोगितामा बिजेताले नगद १७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले ११ हजार ५ सय पाउने भएका छन । प्रतियोगिता यही श्रावण ३१ गतेबाट सुरु हुने आयोजक जनाएको छ ।

छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको अयोजनामा मेला आयोजना हुने भएको समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका स्थानीय तहरुको सहभागीता रहने भएको छ । पर्यटकहरुले छथरका पर्यटकीय गन्तब्यहरु मार्गपोखरी,साततले धाम,चाङलुङ गुफा,ताक्लुङ गढी,हाङमालुङ,सेप्माङलुङ,चाङसिङ गढी,बराह मन्दिर पञ्चकन्या ,योमुई चाम्खासिङ यक, थाक्चोलुङ मन्दिर लगायतका स्थानहरुको दृष्यालोकन गर्न सक्ने आयोजकले जनाएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = eight