पारस शाहले मुख खोले, विमानस्थल विवादको यस्तो खुलासा

पत्रपत्रिका

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा पूर्व युवराज पारस शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

विमानस्थलको सुरक्षामा खटिएका सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि शाहको सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका छन् ।

सामाजिक सञ्जालमार्फत् शाहले भने, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिनँ र उनीमाथि जाइलागें ।’

शाहले भने, ‘त्यसै पनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तव्य गरें । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’

प्रहरीले भने पारस शाहले हातपात गरेको विषयमा छानबिन थालेको जनाएको छ । प्रहरीमाथि हातपात गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पारस शाहको आलोचना भइरहेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety one ÷ = 13