इजरायलमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन

इजरायल बिसेष

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।

सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि  इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको  तत्कालै आकस्मिक शल्यक्रिया  गरिएको थियो ।  ए1नेपाल डट कमले यही समाचारको विस्तृत जानकारी प्राप्त भइ नसक्दै वुधवार रातको करिव  साढे १२ बजे समाचार सम्प्रेसण गरिरहदा मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए ।  विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ ह्योल्मु लामाले जानकारी दिइन ।

७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो ।

यसै विच हामीले टेलिफोन सम्पर्क गरी लामाको निधन भएको बारे नेपाली राजदूतावासलाई जानकारी गराएका छौं । नेपाली राजदूतावासले यथासिघ्र मेयर अस्पताल पुगी मृतक लामाको विषयमा विस्तृत जानकारी लिने ए1नेपाल डट कमलाई जानकारी गराएको छ ।

१० अक्टूवर वुधवार रातको करिव  साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।

मृतक लामाकी एजेन्सी एमीले प्रहरीले  घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ भने  मृतक लामाले  रोजगारदाता र विमा कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण हर हिसाव अघि बढाएको बताएकी छिन् ।  त्यस्तै मृतकको शव स्वदेश फर्काउनको लागि आश्यकत प्रकृया अघि बढाइएको पनि एमीले बताइन ।

ए1न्यूज बाट साभार गरिएको

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = 80