अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायलद्वारा २०६ औं भानु जयन्ती मनाउने ।

इजरायल बिसेष

तीनजुरे अनलाइन ,

इजरायलमा २०६  औ भानु जयन्ति भव्यताका साथ मनाइने भएको छ नेपाली भाषा,कला संस्कृति जगेर्नाको निम्ति   इजरायलमा स्थापना भएको   अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

आउदो जुलाई २७  तारिक इजरायलको तेलअबिब स्थीत ‘साइ सेन्टर’  मा बिहान ११  बजे हुने उक्त कार्यक्रममा नेपाली भाषा, कला,  एबम सांस्कृतिक कार्यक्रमको साथमा  सम्पन्न हुने छ ।

उक्त कार्यक्रममा साहित्य अनुरागी, सामाजिक संघसंस्था, राजनीतिक तथा धार्मिक संगठनका प्रतिनिधि, पत्रकार मित्रहरू लगायत सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा उपस्थितिका हार्दिक आमन्त्रण गरिएको साथै भानु जयन्ति अषार २९ जुलाई १४ तारिक परेको भएता पनि इजरायलको कामलाई मध्य नजर गर्दै आउदो २७ तारिक मनाउना लागिएको  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव दीया चापागाईंले जानकारी दिनु भयो ।

२०५ औ जन्म जयन्तीमा केहि श्रस्ठा हरु को प्रस्तुति 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty ÷ = six