श्री सत्य साई सेन्टर इजरायलको आयोजनामा  श्रीकृष्ण जन्मास्टमी  मनाईने !

समाचार

तिनजुरे,
श्री  सत्य साई सेन्टर इजरायलको आयोजनामा सदा झै  श्रीकृष्ण जन्मास्टमी  पर्व मनाईने भएको छ!

इजरायलको हर्चीयोन ३५ मा आउदो अगस्ट २६ तारिख  साझ  आठ  बजे देखी नौ  बजे सम्म भगवान श्री कृष्णको भजन आरती सहित प्रसाद ग्रहणको कार्यक्रम रहेको अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन !

उक्त धार्मिक कार्यक्रम मा उपस्थित भई प्रसाद ग्रहण गर्नका लागी  इजरायलबासि दाजु भाई दिदि बहिनी संघ संस्थाका अध्यक्ष प्रतीनिधि लगायत सम्पुर्णमा निमन्त्रणा गरिएको छ !

श्रीकृष्ण जन्मास्टमी
अष्टमी रोहिनीश्रीकृष्ण जयन्तीश्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।[२] कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।[३] अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। जन्माष्टमीमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्।[४]

(बिकियो पिडीया बाट साभार )

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 ÷ nine =