सातौं संस्करण वलिहाङ कप फुटबल प्रतियोगिता बारे किरात याक्थुङ चुम्लुङ इजरायलले पत्रकार सम्मेलन गर्दै !

इजरायल बिसेष खेलकुद

तिनजुरे अनलाईन !

किरात याक्थुङ चुम्लुङ इजरायलले  सातौ  संस्करण वलिहाङ कप फुटबल प्रतीयोगिताको पत्रकार सम्मेलन आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार लेभनिन्की ९९ को आठौं तलामा  साझ ४ .०० बजे गर्ने भएको छ !

एकता र मित्रताको लागि फूटबल” भन्ने उदेश्यले इ .स. २०१६ देखी हरेक साल  वलिहाङ कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले  उक्त पत्रकार सम्मेलनमा फूटबल क्लब,मेनेजर,कोच,खेलाडी लगायत खेल प्रेमी सम्पुर्णमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ !

पुरस्कार राशी लगायत खेलका विभिन्न नियमहरु    पत्रकार सम्मेलनका दिन जानकारी गरिने अध्यक्ष नुमा बखिमले  जानकारी दीएकी  छन !

अक्टुबर १८ मा किर्यात सलोम तेल मक्कावी” फुटबल ग्राउन्डमा “वलिहाङ कप सातौं संस्करण गर्ने तयारी पुरा भएको बताईएको छ ! हरेक साल निरन्तर उक्त प्रतीयोगिता संचालन गरे पनि गत साल भने इजरायलमा युद्धको कारण उक्त प्रतीयोगिता हुन सकेको थिएन !

कि या चु इजरायलको सुचना यस्तो छ !
__________ सूचना _________

”एकता र मित्रताको लागि फूटबल”

भन्ने मुख्य नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले बिगत २०१६ देखि नै बलिहाङ तङनामको सुखद अवसरमा “वलिहाङ कप” फूटबल प्रतियोगिता गर्दै आएको यहाँहरुमा सर्ववीतै छ l गत साल इजरायलको भयावह परिस्थितिले गर्दा उक्त वलिहाङ कप फुटबल प्रतियोगिता कार्यक्रम गर्न स्थगित गरिएको पनि यहाहरुमा अवगत नै छ l

र यस वर्ष भने “वलिहाङ कप” फुटबल प्रतियोगिता लाई पुन निरंतरता दिदै यहि आउदो १८ october २०२४ शुक्रबार साझ “किर्यात सलोम तेल मक्कावी” फुटबल ग्राउन्डमा “वलिहाङ कप सातौं संस्करण २०२४” गर्न गइरहेको हुँदा इजरायलवासी खेलप्रेमी महानुभाव ज्युहरु र मिडियाकर्मी ज्युहरु सम्पुर्ण सम्पुर्णमा हार्दिक सुचना दिन चहान्छौ l

साथ साथै उक्त “वलिहाङ कप सातौं संस्करण २०२४” को पुर्व तयारीको लागि यहि आउदो १३ सेप्टेम्बर शुक्रबार दिउँसो ४:०० बजे लेवेन्स्की ९९ भवन ८ तल्लाम पत्रकार सम्मेलन गर्न गइरहेको हुँदा उक्त पत्रकार सम्मेलनमा इजरायलमा स्थापित सम्पुर्ण फुट्बल क्लबका मेनेजर,कोच,क्याप्टेन, लगायत खेलाडीहरु, र मिडियाकर्मी ज्युहरु सहभागी भइ कार्यक्रमको सोभा बढाइ दिनको लागी किरात याक्थुङ चुम्लुङ इजरायल परिवार लुङ्मेदिङ निमन्त्रणा गर्दछौ नोगेन धन्यवाद l

किरात याक्थुङ चुम्लुङ इजरायल परिवार !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = four