प्रवासी सृजनशील महिला समूह इजरायलद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

इजरायल बिसेष

तीनजुरे अँनलाइन ।

प्रवासी सृजनशील महिला समूह इजरायलद्वारा नेपालीहरुका महान पर्व शुभ दिपावली २०७८, छठ तथा वलिहाङ तङ्नाम ,स्वन्ति नख: ,नेपाल संवत् ११४२ लगायत अबशरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

आउदो अक्टुबर ३० तारिख इजरायलको समय अनुसार दिउसो १. ३० बजे महिला उद्यमी श्रीमती उषा दाहालको बिशेष आथित्यमा जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको प्रवासी सृजनशिल महिला समूह इजरायलकी प्रबक्ता पवित्रा बजगाईले जानकारी दिनु भएको छ ।

प्रवासी सृजनशील महिला समूह इजरायल “महिला स्वाबलंबन तथा समाज सेवा भन्ने मूल नाराका सन् २०१६ मा स्थापना भएको हो
इजरायल तथा इजरायल बाहिर रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागिताको लागि संस्थाले अनुरोध समेत गरेको छ !

सुचना

सुचना !! सुचना!! सुचना !!
—————————————————————-
🙏नमस्कार साथमा सृजनशील अभिबादन सम्पुर्णमा🙏
“महिला स्वाबलंबन तथा समाज सेवाको ” मूल नाराका साथ् इजरायलमा कार्यरत क्रियाशील नेपाली दिदीबहिनीहरुले सन् २०१६ मा स्थापना गरेको हाम्रो गौरवमय “प्रवासी सृजनशील महिला समूह इजरायलले ” ३० अक्टुबर २०२१ दिनको १:३० बजे नेपालीहरुको महान पर्व शुभ दिपावली २०७८, छठ तथा वलिहाङ तङ्नाम ,स्वन्ति नख: ,नेपाल संवत् ११४२ लगायतका सम्पूर्ण नेपाली राष्ट्रिय चाडपर्वहरुको शुभ अबसरमा जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हुदा इजरायल तथा इजरायल बाहिर रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रम मा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
प्रवासी सृजनशिल महिला समूह इजरायलले यस शुभकामना आदानप्रदान कार्यक्रममा नेपालबाट महिला उद्यमी नेपाल घरेलु साना उद्योग संघ काठमान्डौ जिल्ला ,महिला समितिकी सभापति १९ बर्ष देखि सेवा पुर्याउदै आउनु भएकी साथै २७ बर्ष देखि उहाको आफ्नै सस्था विनायक श्रम तालीम केन्द्र चाहबिलमा महिलाहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आउनु भएकी उक्त सस्थाकी प्रोप्राइटर विशिष्ट ब्याक्तित्व श्रीमती उषा दाहाल ज्युको बिशेष आथित्यमा शुभकामना आदानप्रदान हुन गईरहेको जानकारी गराउदै ,आउदै गरेको शुभ दिपावली साथै सम्पूर्ण नेपाली राष्ट्रिय चाडपर्वहरुको पावन अबसरमा सुख ,शान्ति ,समृद्धि ,सु स्वास्थ ,दीर्घायु एबम उत्तर उत्तर प्रगतिको अग्रिम शुभकामना ब्याक्त गर्दछौं। प्रवासी सृजनशिल महिला समूह इजरायल परिवार।
पवित्रा बजगाई
————————–
प्रबक्ता
प्रवासी सृजनशिल महिला समूह इजरायल

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 57 = sixty five