किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा इजरायलमा जारी नेपाली चलचित्रको “तेस्रो सो” प्रदर्शन हुने !

इजरायल बिसेष

तिनजरे अनलाइन

इजरायल!
कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जारी को तेस्रो सो ’ इजरायलमा प्रदर्शन हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा आउदो मजुन  १७ तारिख शनिवार इजरायलको समय दिउसो १ बजे देखी (ZOA HOUSE
Daniel Frisch St-1तेल अभिबमा उक्त चलचित्रको  तेस्रो सो  प्रदर्शन गर्न लागीएको किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा लिम्बुले जानकारी दीएकी छन !

परदेशी भुमिमा रहेर पनि लामो समय देखी आफ्नो कला संस्कृति जगेर्ना गर्न निरन्तर लागी रहेको किरात याक्थुङ चुम्लुङ इजरायलले केहि महिना  अघि मात्र नेपालमा प्रदर्शन सुरुवात गरेको लिम्बु मौलिकतालाई दर्शाएको ” जारी “नेपाली चलचित्र इजरायलमा पहिलो, दोश्रो सो प्रदर्शन भई सकेको र धेरै दर्शकको चाहना अनुसार तेस्रो सो समेत  प्रदर्शन गर्न लागेको हो !

उक्त चलचित्रका लागी टीकट लिम्बु समुदायको लागी १५० सेकेल अन्य लाई १३० सेकेल राखीएको छ त्यस्तै उक्त हल सम्म जान आउन बिहान ११ बजे तेलअभिव लेभनिस्की पार्क बाट बसको ब्यबस्था रहेको बताईएको छ !

बैशाख १ गतेदेखि रिलिज भएको फिल्मलाई कबड्डी फेम्ड निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा बनेको फिल्मको शीर्ष भूमिकामा दयाहाङ र मिरुना छन् ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । उपेन्द्रको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।
बाँसुरी फिल्म्सको प्रस्तुती र कबड्डी फिल्म्सको सहकार्यमा निमाूण भएको फिल्ममा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा छन् ।

____________सूचना __________

इजरायलमा कार्यरत सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरुको अनुरोध लाई मध्यनजर गर्दै यहि आउदो मिति 17 June 2023 तारीख शनिबारको दिनमा नेपाली चलचित्र “जारी” लाई पुन तेस्रो प्रदर्शन भब्यताका साथ गर्न गईरहेको हुँदा किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार लुङ्गेदिन निमन्त्रणा गर्दछौ।

स्थान :- ZOA HOUSE
Daniel Frisch St-1Tel-Aviv israel
मिति:- 17th June 2023 saturday
समय :- 1:00 PM
टिकेट :- only 130 सेकल
लिम्बु :- only 150 सकेल
बस चढ्ने समय :- 11:00 AM
तेलअभिव पार्क आउने र जाने यातायातको सुविधा रहेको छ।

CONTACT US

प्रबिन आङ्बुङ 0585919552
इन्दु लावती 0509115853
नुमा काङ्भा 0549698835
अबि आङ्देम्बे 0543462324
नयन इम्सोङ 0549271863
आइन्द्र योङ्या 0585478556
सागर तुम्बापो 0548703604
गिता तुम्बाहाङ्फे 0584501863
राज आङ्देम्बे 0545246860
साइना आङ्थुपो 0535906529
संगिता आङथुपो 0545615128
शान्ति खापुङ 0584024834
ममता लिम्बु 0584919138

present by
किराँत याक्थुङ चुम्लुङ इजरायल !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty = fifty four