नेपाल तामाङ घेदुङ इजरायलको चौधौ वार्षिकोत्सव तथा दशौ अधिवेशन हुने ।

समाचार

तिनजुरे अनलाइन!
नेपाल तामाङ घेदुङ इजरायलको चौधौ वार्षिकोत्सव तथा दशौ अधिवेशन आउदो १५ नोबेम्बर २०२४ शुक्रबार सम्पन्न हुने भएको छ !

तेल अभिवको Yasud Ha-ma’ala St,44 तेल अभिव मा साँझ ७:०० बजे देखी सम्पन्न हुने कार्यक्रममा
निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार शंखर गोले तामाङको संयोजकतामा आमन्त्रीत सल्लाहकार को रुपमा संरक्षक परिषदका सदस्य तथा संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङ र संरक्षक परिषदको सदस्य पेमा लामा पाख्रिन तामाङ सहित निर्वाचन समिती गठन गरिएको महासचिव सुनिल रुम्बा तामाङले जानकारी दीएका छन् ।

तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म,भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाई संरक्षण एंव सम्बर्धन गर्ने उदेश्यले इ. स.२०१० मा इजरायलमा स्थापना भएको हो !

उक्त कार्यक्रमलाई सब्य र भव्यता रुपमा सफल बनाउनको लागी इजरायलमा आबद्ध विभिन्न राजनीतिक, धार्मिक, समाजिक संघ संस्थाहरुका अध्यक्ष एवं पदाधिकारी ज्युहरु, मिडिया कर्मि लगायत नेपाली तामाङ दाजुभाइ, दिदि, बहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोधका साथै निमन्त्रणा समेत गरेको छ

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = one