इजरायलमा चासोक तङनाम मनाईयो!

इजरायल बिसेष समाचार

तिनजुरे अनलाईन !

आदिवासी याक्थुङ लिम्बुहरुको राष्ट्रिय पर्व येले तङबे ५०८२ विक्रम संवत २०७९ सालको चासोक तङनाम ( न्वागि पुजा )मुन्धुम वाचक सन्तोष लुङ्खिम्बा बाट विधिगत रुपमा मुन्धुम वाचन गरि सम्पन्न गरेको छ !

गत शुक्रबार १६ डिसेम्बर २०२२मा इजरायलको इभमा  किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङ्भा लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो !                                                                                                                                 चासोक तङनाम ५०८२ न्वागी पुजा २०७९ कार्यक्रमका प्रमुख अथिति नेपाली राजदुतावास इजरायलकी राजदुत कान्ता रिजाल दूतावासबाटै कार्यलय सहयोगि बिनिता सुब्बा , विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष नानीमाया योन्जन तामाङ , विशेष अतिथी गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA NCC इजरायलका अध्यक्ष गणेश गिरि विभिन्न राजनीतिक/सामाजिक/सांस्कृतिक/सांगीतिक संघ संगठनबाट प्रतिनिधि मिडियाकर्मीहरु, समेतको उपस्थिति रहेको थियो !

कार्यक्रममा प्रमुख अतीथि विशिष्ट अतिथि बिसेस अतिथिले सुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमकी सभापति नुमा बोखिमले स्वागत  मन्तव्य राख्नु भएको थियो !

संस्कृतिको जगेर्ना गर्न प्रबिन आङ्बुङ ,प्रमोद आङ्बुङ सचिन सान्योक , जनम चेम्जोङ सावन थेबे ज्यु, लिला लिङ्देन , रोस्नी कन्दङ्वा कन्चन काङ्भा ,बसन वनेम ,नुमा मेन्याङ्बो ,कल्पना लावतीले के:लाङ/या: लाङ नाच प्रस्तुत गरेका थिए !

त्यस्तै याक्थुङ साम्लो सन्जु लिम्बू र दिपेस तुम्बापोले प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन का कि.या.चु.की सचिब तुल्सा तुम्बाहाङ्फेले संचालन गरेकी थिइन!

(चासोक तङनाम महत्त्व )
उधौली पर्व अर्थात (चासोक तङ्नाम ) विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाइँदै छ ।विशेषतस् यो पर्व पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खाहरुले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।

दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भनिन्छ ।
चासोक तङनामको दिन क्षेत्री ब्राह्मण समुदायले धान्य पूर्णिमाको संज्ञा दिँदै गोठ पूजा गर्ने चलन छ । प्रकृति पूजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मनाउँछन् ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = sixty four