इजरायलमा सातौं वलिहाङ कप  फुटबल प्रतियोगिता सम्पन्न, उपाधि  राइजिङ स्टार लाई ।

इजरायल बिसेष

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ इजरायलले हरेक बर्ष संचालन गर्दै आएको सातौं वलिहाङ कप  फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लब इजरायलले जितेको छ ।

गत अक्टोवर १८ मा तेलअभिव स्थित किर्यात सलोम तेल मक्कावी फुटबल ग्राउण्डमा प्रतियोगिता सम्पन्न भएको उक्त प्रतीयोगितामा
मनिपुर गोर्खा फुटबल क्लव उप–विजेता
भएको हो !

एकता र मीत्रताको लागि खेलकुद” भन्ने मुल नाराका साथ  लिम्बु समुदायको मौलिक पर्व वलिहाङ तङनाम (तिहार) को अबसरमा किराँत याक्थुङ चुम्लुङ इजरायलले बिगत सात बर्ष देखी निरन्तर उक्त प्रतीयोगिता संचालन गरि रहेको छ !

सातौं वलिहाङ कप – २०२४ फुटबल प्रतियोगिता किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष नुमा काङ्भा बोखिमको अध्यक्षता र नेपाली दुतावास इजरायलका कार्यवाहाक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष मनु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न सामाजिक, राजनैतिक संघ– संस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरुको   सहभागीता रहेको थियो ।

उक्त  प्रतियोगितामा कायापलट फुटबल क्लव, सेभेन स्टार हाईफा फुटबल क्लव, दार्जलिङ यूनाईटेड फुटबल क्लव, केवाइसी फुटबल क्लव, राईजिङ स्टार फुटबल क्लव, ब्रोदर्श यूनाईटेड फुटबल क्लव, मनिपुर गोर्खा फुटबल क्लव, मगर संघ फुटबल क्लव, लायोन तेलअभिव फुटबल क्लव, र झापा फुटबल क्लव इजरायल गरी दशवटा फुटबल क्लवको सहभागीता रहेको थियो ।

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा सम्पन्न प्रतियोगितामा विजेता टिमलाइ नगद ८ हजार सेक्केल अर्थात (नेपाली रु.२ लाख ८५ हजार) सहित शिल्ड, मेडल र प्रमाण – पत्रले सम्मान गरेको थियो ।  उप– विजेता हुने टिमलाइ ४ हजार सेक्केल अर्थात (नेपाली रु.१ लाख ४५ हजार)  सहित शिल्ड, मेडल, र प्रमाण–पत्रले सम्मान गरेको थियो ।

उक्त  प्रतियोगितामा सबैभन्दा बढि गोल गर्ने गोलकर्ताको उपाधि राइजिङ स्टार फुटबल क्लवका स्टाईकर सविन पन्थले प्राप्त गरेको थियो । स्टाईकर पन्थले प्रतियोगितामा कुल ६ गोल गरेका थिए । वेष्ट प्लेयरको उपाधि मनीपुर फुटबल क्लवका चन्दन थापा, उत्कृष्ट गोलकिपरमा राइजिङ स्टारका भूपेन क्षेत्री, उत्कृष्ट डिफेन्समा राइजिङ स्टारका रोजन शेर्पाले पाएका  छन्  । उक्त खेलाडीहरुलाइ ४ सय सेकेल नगद प्रमाण–पत्र, कप, मेडल सहितले  सम्मान सहित पुरस्कृत गरेको थियो ।

 बिगतका बर्षमा  केवाइसी फुटबल क्लवले  ५ पटक निरन्तर वलिहाङ कपको उपाधि जितेको थियो भने छैठौ  संस्करणको उपाधि बिजेता  हाइफा टाईगर रहेको थियो  ।

किरात याक्थुङ चुम्लुङ इजरायल भासा कला संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यले इ. स. २०१२ मा इजरायलमा स्थापना भए सङै बिभिन्न सामाजिक  काम समेत गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = eighteen