तमू तो ल्होसार २०७८ इजरायलमा सम्पन्न !

इजरायल बिसेष

तीनजुरे अनलाईन |

तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ इजरायलमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न  भएको छ |

गत  डिसेम्बर ३१ तारिख सुक्रबार साझ यादखरुचिम -१५ तेल अभिवमा सुभकामना आदान प्रदान संगै उक्त कार्यक्रमको सम्पन्न भएको   हो |

तमू समाज इजरायलकी अध्यक्ष  खुशी क्ल्हे तमूको अध्यक्षतामा र राजदुतवास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरीको प्रमुख आतिथ्यमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु , “अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथमा तमु समाजले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका तृतीय सचिव  प्रदिप सागर गिरी, विशिष्ट अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङ्मार सेर्पा , बिशेष अतिथि एनआरएनइजरायलका अध्यक्ष गणेश गिरि, बिशेष अतिथि तमू समाज इजरायलकी सल्लाहकार मिठु तमू र   बिभिन्न समुदाय/ संस्थाका अध्यक्ष तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

स्थानीय नेपालीकलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम पनि समाबेश गरिएको थियो ।

आयोजक तमु समाज इजरायलले कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण प्रति धन्यवाद व्यक्त गरेको छ । समाजले आफ्नो रिती रिवाज संस्कृती र भेष भुषाको संरक्षण सम्वद्र्धनका लागि बर्षेनी कार्यक्रमको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा तमू संस्कार संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज ), शुभकामना आदानप्रदान साथै इजरायलमा रहनु भएका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमका सहित ल्वों ल्हो ( गाई वर्ग ) लाई बिदाई गर्दै तो ल्हो ( बाघ वर्ग ) लाई स्वागत गरि “राष्ट्रिय पर्व तमू तो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम ” भव्यताका साथ मनाउन लागिएको तमू समाज इजरायलकी महासचिव शान्ति तमूस्योले जानकारी दीएकी छन् |

तमु भाषा संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यले । इ. स. २००६ मा स्थापना भएको तमु समाज इजरायलले भाषा कला संस्कृति जगेर्ना संगै नेपालमा भइ परि आउने समस्यालाइ निरन्तर सहयोग गर्दै ठुलो टेवा पुर्याएको छ!

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty + = sixty six