साई बाबाको ९८औ जन्म जयन्ती इजरायलमा मनाईने !

इजरायल बिसेष

सत्य साई सेन्टर इजरायलले साई बाबाको जन्म दिन नोभेम्बर २३ तारिखका दिन हर्चियोन ३५ तेल अभिबमा बेलुका ७ बजे   उक्त कार्यक्रम आयोजना गर्दैछ । सत्य साई सेन्टर इजरायलले सत्य साई बाबाको जन्म जयन्ती हरेक साल मनाउने गरेको छ।

सन् १९२६ नोभेम्बर २३ मा जन्मिएका सत्य साई बाबाको निधन सन् २०११ अप्रिल २४ का दिन भएको थियो ।

तेलअभिबको हार्चीयोनमा सत्य साई सेन्टरमा उक्त धार्मिक कार्यक्रम हुने अध्यक्ष नेहा मन्जु गुरुङले जानकातरि  दीएकी छन  ।

सत्य साई धेरै अनुयायीहरू भएका धर्मगुरु हुन। यीनको बास्तबिक नाम सत्यनारायण राजु हो, जसले आफूलाई शिरडि साइको अबतार मान्छन्। उनले १४ वर्षको उमेरमै शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए।

सन् १९४० मे २३ का दिन उनले घरका सबैलाई एकित्रित भने गरी ‘म साइबाबा हुँ, आपस्तम्भ सूत्रको हुँ, भारद्वाज गोत्रको हुँ, तिमीहरूको कष्ट निवारण गर्न आएको हुँ, मेरो पूजा बिहीबार गर्नु, घर आगन र मन सफा राख’ । त्यसपछि उनलाई सत्य साई भन्न थालियो ।

सन् १९४० अक्टुबर २० तारिका दिन विद्यालयबाट फर्केपछि किताबको झोला घरको पिँढीमा राख्दै अब म तिमीहरूको सत्य होइन । मायाको पर्दा हट्यो । मलाई मेरा भक्तहरूले पुकार्दै छन् । मैले धेरै काम गर्नुछ भनी १४ वर्षको उमेरमा गृहत्याग गरेका थिए ।

‘सबैसँग प्रेम गर, सबैको सेवा गर, मानिसमा शान्ति र आनन्द महसुस गराउन प्रेमभन्दा अर्को विकल्प छैन’ भने मूल दर्शन नै सत्य साई बाबाको मूल आध्यात्मिक दर्शन हो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty ÷ = 5