काठमाडौं ,
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १३ औं वार्षिकोत्सव तथा साधारण सभा आउदो १३ जुन मा इजरायलको तेल अविभ मातालोन ७७ मा हुने भएको छ !
इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त वार्षिकोत्सव तथा साधारण सभाले आगामी १ वर्षको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ । साथै कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भेषभुषामा आदिवासी पहिचान झल्कने मौलिक कला र नृत्यहरुको प्रस्तुती रहने नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम सम्योजक मन मास्की मगरले तिनजुरे अनलाईन डट नेटलाइ इजरायल बाट जानकारी दिएका छन् !
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवा : खल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज सहित आठ वटा जातिय सदस्य संगठनहरु आवद्ध छन् !
आदिवासी जनजातिहरुबीचमा आपसि एकता भेषभूषा, भाषा, लिपि, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको जगेर्ना गर्नका लागी इ स २०१२ मा इजरायलमा स्थापना भएको बताईएको छ !
कार्यक्रमलाइ भब्य बनाउन इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक, साहित्यीक संघ – संस्थाहरु, सञ्चारकर्मी तथा बुद्धिजीवी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाइ उपस्थितिको लागि नेफिन इजरायलले निमन्त्रणा गरेका छन् ।