नेपाल आदिवासी जनजाति महासंघ इजरायलको एघारौ बार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको एघारौ बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न हुने भएको छ !

आउदो १६ जुन २०२३ शुक्रवार तेलअभिबको लेवेन्स्कि ९९मा साझ ७:३० बजे हुने भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिव इन्दु लावतिले जानकारी दीएकी छन !

आठ जातीय संस्था आबद्ध संस्था विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०१२ मा इजरायलमा स्थापना भएको हो !

इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक  संघ , संस्था संगठनहरु , विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , मिडिया कर्मी बुद्धिजीवी महानुभावहरु लाई कार्यक्रम सफल बनाउन उपस्थितको लागी निमन्त्रणामा समेत गरिएको छ !

यस्तो छ सुचना
सूचना सहित हार्दिक निमन्त्रणा !!

इजरायलबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सेवारो/नमस्कार साथै समावेशी आदिवासी अभिवादन !
“विश्वका आदिवासी जनजाति एक होऔ ! आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम निम्न मिति, समय र स्थानमा राखीएको व्यहोरा सम्पूर्णमा जानकारी गराउदै इजरायलमा स्थापित जातिय , धार्मिक, सामाजिक ,राजनीतिक संघ , संस्था संगठनहरु ,मिडिया कर्मी ज्यूहरु विभिन्न पेशामा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , बुद्धिजीवी महानुभाव ज्युहरु लाई उपस्थितिको लागि नेफिन इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं । नोगेन जय आदिवासी/ जय जनजाति

तपसिल :-

मिति :- २०८० आषाढ १ गते
ई .सं . १६ जुन २०२३ शुक्रवार
नेपाल संम्वत :- ११४३ तछलागा त्रयोदशी
समय :- साँझ : ७ : ३० बजे
स्थान :- लेभेन्स्की ९९ आठौ तला

इन्दु लावती
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ इजरायल ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty two − = forty