कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया क्यान्सर पिडितलाई हस्तान्तरण |

इजरायल बिसेष समाचार सामाजिक

तिनजुरे अनलाइन,

किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचेतक कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया गत बिहिबार हस्तान्तरण गरिएको छ |

बिगत केहि महिना अघिबाट  स्तन क्यान्सर  रोग लागेर उपचारार्थ पाँचथर कुम्मायक गाउपालीका वार्ड न० ५ स्याबरुम्बा बस्ने जीवन सम्बाहाम्फेको  श्रीमती सीता चेम्जोङ सम्बाहाम्फे  आर्थिक स्थिति निकै कम्जोर भएको खबर सुनी  कमला कन्दवाले उक्त रकम संकलन गर्न सुरु गर्नु भएको थियो |

इजरायलवासी मनका धनी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुबाट सहयोग रकम  नेपाली ५९,हजार  गत बिहिबार सम्बाहाम्फे उत्थान संघका केन्द्रिय महासचिव  राम कुमार सम्बाहाम्फे साथै केन्द्रीय कोषाध्यक्ष भिम प्रसाद सम्बाहाम्फेले लाइ उहाको आफ्नै निबाश पुगी  बिरामी सीता चेम्जोङ सम्बाहाम्फेलाई हस्तान्तरण गरेको कुरा किराँत याक्थुङ चुम्लुङ इजरायलकी सचीव :नुमा काङ्भा बखिमले तिनजुरे अनलाइन डट नेटलाइ जानकारी गराउनु भयो |इजरायलमा कार्यरत सहयोगी मनका धनि सम्पूर्ण सहयोगी मनहरुमा   किराँत याक्थुङ चुम्लुङ इजरायलले  हार्दिक आभार प्रकट समेत गरेको छ | 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty four − = 18