काठमाडौं –
प्रवासी नेपाली मञ्च इजरायलको आउदो जुलाई २५ मा भव्य रूपमा सम्पन्न गरिने भएको छ !
उक्त अधिवेशनमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली साथै, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम रहेको बताईएको छ ।
यो अधिवेशनले प्रवासी नेपालीहरूको हक–हित, सामाजिक समरसता र राष्ट्रिय एकताको सन्देश दिनका साथै आगामी कार्ययोजनाको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा इजरायलमा कार्यरत नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ। प्रवासी नेपाली मञ्च इजरायलले विगतदेखि नै श्रमिकका हक, नेपाली संस्कृति प्रवर्द्धन र आपत्कालीन सहयोगमा सशक्त भूमिका खेल्दै आएको प्रवासी नेपाली मञ्च इजरायलका उपाध्यक्ष शिव राज खड्काले जानकारी दीएका छन् !
कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि सहित इजरायलको तेल अबिभ यादखरुचिम १५ इभ हलमा मा साझ ६ बजे देखी कार्यक्रम सुरु हुने बताईएको छ !