गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट धुर्मुससुन्तलीलाई रु. ३ लाख ३७ हजार हस्तान्तरण

इजरायल बिसेष समाचार सामाजिक

नेपालीको लागि नेपाली भन्ने मूल नारा लिएर स्थापित  गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वाट संघ सस्थाहरुको आयोजनामा तीज तथा चोथा पुजा कार्यक्रमबाट प्राप्त मुनाफा साथै बिभिन्न सहयोगी महानुभावहरुबाट सहयोग रकम ३ लाख ३७ हजार ५०० रुपैया गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी आज धुर्मुस सुन्तलि फाउण्डेशनलाई सहयोग रकम हस्ताण्तरण गरिएको छ ।

धुर्मुस सुन्तलि फाउण्डेशनलाई चितवनको रामपुरमा अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीका लागि गौरब झल्किने क्रिकेट मैदान निर्माण अभियानलाई सहयोगार्थ हरितालिका तिज तथा चोथा पुजाको अवसरमा नेपालबाट आमन्त्रित तिन जना राष्ट्रिय कलाकारहरुको साथमा गत १४ सेप्टेम्बर २०१८ शुक्रबारका दिन तेल अभिबमा भव्यताका साथ “तिज उत्सब २० ७५” सम्पन्न भएको थियो ।

कार्यक्रममा मूल आयोजक एन आर एन ए एन सिसि इजरायल र आयोजक संघसस्थाहरु १)खेलकुद प्रेमी युवा समूह इजरायल २)इजरायल गोर्खा एसोसिएसन ३)चितवन समाज इजरायल ;- ४)नेवा खल इजरायल;- ५)अन्तरास्ट्रिय नेपाली कलाकार समाज इजरायल ६)रुपन्देही सेवा समाज इजरायल ;- ७साेसाईटी अफ हेल्पिङ हर्टस् इन इजरायल ; ८)हिन्दु जागरण नेपाल अभियान इजरायल ९)ओम जनजागरण इजरायल ; १०)भोजपुर सेवा समाज इजरायल ११)प्रवासी नेपाली एकता समाज इजरायल ;- १२)मातृभुमिका लागि पर्वत सेवा समाज इजराय १३)रास्ट्रिय तामाङ घेदुङ इजरायल १४))प्रवासी नेपाली नागरिक समाज इजरायल ।

तीज कार्यक्रमबाट उठेको – 8923/- सेकेल

कृकेट स्टेडियमको लागि सामाजिक संस्था तथा ब्यक्तिहरु थप जम्मा भएको रकम- १, चितवन समाज इजरायल-500/- सेकेल २, कादम्बरी दाना श्रेष्ठ -200/- ” ३, निर्मला गुरुङ -150/- ” ४, डोमा सेर्पा -150/- ५, इस्वर पौडेल -151/- ६, तारा काउचा मगर – 151/- ७, राज क्षेत्री -100/- ८, नीतु खतिवडा – 100/- ९, कुमार साम्पाङ राई – 100/- १०, सुमी साही – 111/- ११, लिला थापा मगर – 111/- १२, माया खनाल – 100/- रहेका छन् ।

गरेर जम्मा 1924 सेकेल उठेको थियो जसमा कार्यक्रमबाट उठेको 8923 सेकेल थपेर जम्मा भएको नेपाली रुपयाँ ३ लाख ३७ हजार ५०० रुपैया गैर आवासिय नेपाली संघ इजरायलका पूर्व अध्यक्ष र प्रबक्ता डोमा शेर्पालगायात सहयोगी सस्थाका प्रतिनिधिहरुबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

भिडियो

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ forty four = fifty two