किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङ्नाम मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन ,

तेल अविव – इजरायलमा मुन्धुम वाचनसहित नेपाली मौलिक पर्व “चासोक तङनाम ५०८५”को उपलक्ष्यमा यहि डिसेम्बर १३ तारिखको दिन “चासोक तङनाम ५०८५ / न्वागी पुजा उधौली २०८२/” नामक एक सांस्कृतिक हुने भएको छ।

किराँत याक्थुङ चुम्लुङ इजरायलले आयोजना उक्त कार्यक्रमा मुन्धुम वाचनसहित याक्थुङ मौलिक नृत्य या:लाङ/धान नाच, माङ:लाङ/के:लाङ,/ च्याब्रुङ नाच पनि प्रस्तुत गरिने छ ।

स्थानीय नेपाली कलाकारहरुले उक्त दिन आ-आफ्नो प्रतिभा पनि प्रस्तुत गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

यस्तो छ विशेषता

लिम्बू समुदायले महान् चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।

यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यद्वा पूजा [उभौली पूजा] भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्सीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

यस पर्वको अवसरमा विश्व भरि रहेका लिम्बू समुदायले जातीय वेशभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × = thirty six