२५६३औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी इजरायलमा पुरा Super Monk फ्लिम पनि देखाइने

इजरायल बिसेष

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ ।

इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक, राजनैतिक, धार्मिक संघ,सस्थाहरूकाे आयाेजनामा जन्म जयन्ती मनाउन लागिएको हो । कार्यक्रमलाई थप राेचक बनाउनका लागी निर्देशक Shenang Gyamojo Tamang निर्देशनमा तयार पारिएकाे Short Movie Super Monk को पनि प्रर्दशन गरिने भएकाे छ । बुद्ध धर्मलाई आधार बनाएर द्वन्द्व कालमा देखिएकाे घटनालाई समेटेर निर्माण भएकाे उक्त फ्लिममा सशस्त्र द्वन्द्वकाे बेला एउटा भिक्षुले करूणा राखेकै कारण कसरी ज्यान बच्छ भन्ने सन्दर्भ समेटिएकाे दुई बालक बीचकाे मार्मिक र साहसिक मित्रताकाे चित्रण समेत गरिएकाे छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =