इजरायलमा हुने उभौली साकेला सिली साङ्गितिक कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगे !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
इजरायलमा मे २० तारिख साझ हुने उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ भब्य सम्पन्न गराउन राष्ट्रिय कलाकारहरु गायक रुपकुमार राइ तथा गायिका कला देबी राई लगायत कलाकाहरु बिहिवार  दिनको २ बजे  इजरायल आइपुगेका छन !

किराँत राई यायोख्खा इजरायलको आयोजनामा उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  यादखरुचिम १५ इभ हलमा भब्य प्रस्तुती दिन इजरायलको बेन्गुरियन एयरपोट आइपुगेका कलाकार लाइ स्वागत गर्न  किराँत राई यायोख्खा इजरायलका महासचिव उपेन्द्र राई तथा पुर्ब महासचिव सुनिता राई लगायतले  एयरपोटमा  भब्य स्वागत गरेका छन !

आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक  रुपकुमार राई कला देबी राई   लगायतले शुक्रबार हुने कार्यक्रममा उपस्थीत  हुन सम्पुर्ण नेपालीलाई अनुरोध समेत गरेका छन !

भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले इ. स. २०१२ मा इजरायलमा स्थापना भएको किराँत राई यायोख्खा इजरायलले कला संस्कृतिको सङै नेपालमा भई परि आउने समस्यालाई सहयोग समेत गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = two