इजरायलमा सोनाम ल्होछार मनाईदै गायक,छेवाङ लामा र व्यान्ड सहितले प्रस्तुती दिने !

समाचार

तिनजुरे अनलाइन!

नेपालीहरुको राष्ट्रीय पर्व तथा तामाङ समुदायहरुको मुख्य चाड मञ्जुश्री सम्वत २८६२ ता ल्हो(घोडा वर्ग) सोनाम ल्होछार इजरायलमा साङ्गितिक प्रस्तुती सहित भब्य रुपमा मनाउन लागीएको छ !

मञ्जुश्री सम्वत २८६२ ता ल्हो(घोडा वर्ग) आउदो १३ फेब्रुअरी शुक्रबार २०२६ मा हगना १३५(Hagana 135)तेल अभिवमा नेपालका बहुचर्चित तथा लोकप्रिय युवा पुस्ताका गायक,छेवाङ लामा र व्यान्ड सहित सोनाम ल्होछार सांगितीक सॉझ २०२६(live concert)कार्यक्रम गर्न लागिएको महासचिव पारस घिसिङ तामाङले जानकारी दीएका छन् !

स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुतिरहने सांगेतिक कार्यक्रममा लाइ सफल बनाउन इजरायलमा रहेका सम्पुर्ण नेपालीहरुमा निमन्त्रणा समेत गरिएको आयोजकले जानकारी दीएका छन !

उक्त कार्यक्रममा भब्य रुपमा सफल बनाउन इजरायलमा क्रियासिल रूपमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ-संस्थाका अध्यक्ष तथा प्रतीनिधि हरु साथै सम्पुर्ण नेपालीमा नेपाल तामाङ धेदुङ, इजरायल परिवारले निमन्त्रणा गरेको छ !

नेपाल तामाङ घेदुङ इजरायल
“धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले इ स २०१० मा इजरायलमा स्थापना भई सामाजिक कार्य समेत गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = twelve