सफलताको शिखरमा नमस्ते रेस्टुरेन्ट दुबई-

समाचार

दुबई-
देरा दुबई स्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ ।
मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ ।

युएइको ब्याबसाहिक यात्रा महेन्द्र पौडेलले सन् २०१२ बाट गर्नुभएको थियो । रोजगारीको सिलसिलामा युएई आउनुभएको पौडेलले श्रीमती मन्जुको अाँट र भरोसा पाएर युएईको व्यावसायिक क्षेत्रमा नेपालीको सगरमाथा रेस्टुरेन्ट बरदुबईमा स्थापना गर्नुभएको थियो । आफ्ना साडु दाइ र जेठान दाइलाई पनि व्यावसायिक सहयात्री बनाउनु भएका पौडेल अहिले सबै जना आआफ्नो क्षेत्रमा जमेर काम गरेको देख्दा उनीहरूको सफलतामा गौरव गर्नुहुन्छ ।
पौडेलले दोस्रो सफलताको रूपमा देरा एरीयामा नेपाली रेस्टुरेन्टको अभाव महसुस गरी २०१६ फेब्रुअरी २५ बाट नमस्ते रेस्टुरेन्ट संचालन गर्नुभएको हो ।
यो नमस्ते रेस्टुरेन्ट देरा दुबईको सफलताको छैठो बर्ष गाठ मनाउन पाउँदा अत्यन्त खुशी रहेको संचालक पौडेल दम्पतीले बताउनुभयो ।
यो सफलता खास गरी भगबान सरी रहनुभएका ग्राहक बर्ग जस्ले माया गरि नमस्ते रेस्टुरेन्टलाई मन पराईदिएकोले यो यात्रा यहाँसम्म आइपुगेको जनाउनु भएको छ । ग्राहकहरुको निरन्तर माया र रुचिलाई हामीले ध्यान दिदै खुशी राख्दै यो आजको दिनसम्म ल्याइ पुराउन सहयोग गर्नुहुने सम्पुर्ण ग्राहक प्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दै आभारी रहेको प्रतिक्रिया दिनुभएको छ ।
छैटौं वार्सिक उत्सवको अवसरमा खासगरी रेस्टुरेन्टमा आउने ग्राहक बर्ग सङ्ग प्रत्यक्ष प्रस्तुत भै ग्राहकको सेवामा अहोरात्र खटिईरहने सम्पुर्ण रेस्टुरेन्टका कर्मचारी साथीहरु सबैमा बिशेष धन्यवाद दिनु भएको छ ।
यसैगरी आउदो वर्षमा पनि यस्तै माया र सहयोगको आश गर्दै अझै धेरै मीठो, छिटो, राम्रो र धेरै ख्याल गरी सेवा प्रदान गर्ने बाचा समेत व्यावसायी पौडेलले गर्नुभएको छ । यो खुशीयालीमा आज एकदिनको लागि हामीलाई हजुरहरुको लागी केही मायाको चिनो (प्रसाद) ग्रहण गर्ने मौका दिइने जानकारी गराइएको छ ।

लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र मन्जु गौली पौडेलले संचालन गरेको यो रेस्टुरेन्टले बरुदुबईको बसपार्क एरियामा दर्शन नमस्ते रेस्टुरेन्ट पनि शुरूवात गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 + = forty nine