काठमाडौं -नेपालका प्रथम शहीद लखन थापा मगरको १४९ औँ स्मृति दिवसको अवसरमा इजरायलको तेल अविवमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
नेपाल आदिवासि जनजाति महासंघ इजरायल र उक्त संस्थाको आबद्ध सदस्य संस्थाहरूको संयुक्त आयोजनामा प्रथम शहिद मगरको १४९ औँ स्मृति दिवसको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित उक्त कार्यक्रम हुने भएको छ । इजरायली भूमिमा कर्म गर्ने नेपाली समुदायलाई जीवनदान दिने यो पुण्य कर्ममा सहभागी हुन आमन्त्रित गरेको छ।
यहि बिहीबार, १२ फेब्रुअरी २०२६ साँझ १७:००-२१:०० सम्म इजरायलको Palkira St 6, Tel Aviv, Israel (नेपाली डिस्को हल नजिक) हुन लागेको सचिव विवस आलेमगरले जानकारी दिनु भएको छ !
कार्यक्रममा नेफिन इजरायलले रक्तदानमार्फत् जिवन रक्षामा सक्रिय भइदिन सबै समुदायका सबै सदस्य, संघ-संस्थाका प्रतिनिधि तथा इच्छुक नागरिकहरूलाई सो कार्यक्रममा समयमै पुगेर रक्तदान मार्फत जीवनदान गर्ने काममा सहभागी हुन आयोजकहरूले बिनम्र अनुरोध गरेका छन्।

