चार संस्थाको संयुक्त आयोजनामा इजरायलमा २०५ औं भानुजयन्ती सम्पन्न साथै ”मृत सागरको सुस्केरा” लोकार्पण गरियो |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

इजरायलमा २०५ औ भानु जयन्ति भव्यताका साथ सम्पन्न  भएको छ नेपाली भाषा,कला संस्कृति जगेर्नाको निम्ति   इजरायलमा स्थापना भएका साहित्य साथै  कला क्षेत्रमा आबद्ध रहेका चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा  गत  १३ जूलाई २०१८ शुक्रवार साँझ राष्ट्रका विभूति नेपाली भाषाका साहित्य क्षेत्रका नक्षेत्र आदिकवि भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती कार्यक्रम सम्पन्न गरेका हुन |

साहित्य चौतारी नेपाल इजरायल शाखाकी सुनिता लिम्बु  कन्दाङ्वाले संचालन गरेको उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपालि कलाकार समाज इजरायल का अध्यक्ष  राज छेत्रीको सभापतित्व रहेको थियो प्रमुख अतिथी इजरायलका लागि नेपाली महामहिम  राजदुत  निरन्जन कुमार थापा रहनु भएको थियो भने   विशेष अतिथि   एन आर एन आइ सिसि इ का अध्यक्ष छिरिङ लामा शेर्पा साथै  विशेष अतिथीमै  नेपाल का लागि पर्यटन  सधभावना दुत  भगवती बस्नेत,रहनु भएको थियो भने सम्योजक अन्तरास्ट्रिय कलाकार मन्च इजरायल शाखाकी बरिस्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठ  रहनु भएको थियो |

कार्यक्रममा शुभकामना मन्तव्य तथा रचना बाचन गर्नेहरुमा विशेष अतिथी एनआरएनए इजरायल अध्यक्ष छिरिङ शेर्पा, कार्यक्रम संयोजक अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी बरिस्ठ उपाध्यक्ष कादम्बरी  दाना श्रेष्ठ,  साहित्यकार साबित्रा लुईँटेल घिमिरे, साहित्यकार मुना आत्रेय, साहित्यकार निशा अर्याल, साहित्यकार सुर्य राना मगर, समाजसेवी सुमित्रा भण्डाकी, साहित्यकार सुरेन्द्र प्रसाई, साहित्यकार वसु श्रेष्ठ, साहित्यकार राज लिम्वु लगायत थिए भने  साहित्यकार नुतन भुसालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

इजरायली भुमीमा रहेर साहित्यिक सृजनामा लागेका  १७ जना श्रमजिवी साहित्यकार महिलाहरुको अनुभुति संग्रह “मृत सागरको सुस्केरा” को इजरायलकालागि नेपाली महामहिम राजदूत निरञ्जन कुमार थापा लगायत कार्यक्रमका सभापति अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका अध्यक्ष भोजराज क्षेत्री,  इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दुत तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष  साहित्यकार भगवती वस्नेत, विशेष अतिथि एनआरएनए इजरायल अध्यक्ष छिरिङ लामा शेर्पाले सयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए |

साहित्यकार भगवती वस्नेतको संयोजनामा तयार गरिएको वि एन पुस्तक संसारले प्रकाशन गरेको उक्त कृतिमा इजरायलवासी नेपाली साहित्यिक सर्जकहरु लक्ष्मी अनुरागी, भगवती बस्नेत, दीपिका भुसाल, दीया चापागाई, कल्पना सञ्जेल, कमला भण्डारी, मनीषा प्रसार्इं, निशा अर्याल, निशा क्षेत्री कटवाल, नुतन भुसाल, सावित्रा लुइँटेल घिमिरे, संगीता आचार्य, सानु खतिवडा, सीता अधिकारी, सुमित्रा घिमिरे दवाडी, सुनीता राई सुब्बा र बुद्धदेवी लिम्बूका अनुभुतिहरु समेटिएका छन् । भौतिक पूर्वाधारका हिसाबले सम्पन्न इजरायलमा आकर्षक तलब पाएर श्रम बेचिरहेका नारी–लेखिकाहरूले इजरायलको सम्पन्नता, भव्यताको बयान गरेका छन् नै, त्यत्ति नै देशमा रहेका सन्तान, नातागोतालाई सम्झिएर तड्पिएका पनि छन्  सन्तानको सम्झनामा उब्जिएका तड्पाइ र विदेशको आकर्षक तलबबीचको तालमेल मिलाउने क्रममा मानसिक तनावमा फस्नुपर्ने अवस्थालाई पनि लेखिकाहरूले शब्द बद्ध गरेका छन् ।

प्रमुख अतिथी  महामहिम राजदूत निरञ्जन कुमार थापाले शुभकामना मन्तव्य दिदै भन्नु भयो इजरायलको व्यस्त दैनिकीको वावजुधपनि नेपाली साहित्यमा समर्पित भएर यस किसिमका कृतिहरुहरु प्रकाशन गर्न सक्नु अत्यन्तै सह्रानिय र प्रशंसायोग्य रहेको बताउदै १७ जना साहित्य सर्जकहरुलाई सुभकामना तथा वधाई ज्ञापन गर्नुभयो ।   राजदूत थापाले नेपाली साहित्यमा आदिकवी भानुभक्त योगदानको चर्चागर्नुहुदै  यसरी विदेशी भुमीमा पनि एक आपसमा जमघट भई विभिन्न किसिमका कार्यक्रमहरु आयोजना हुदा आफूभित्र लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन हुने र त्यसलाई अझै तिखारिने अवसरको साथमा नेपाली नेपाली विच एकता र आपसी भाईचाराको सम्वन्ध वढाउन समेत मद्दत मिल्ने भएकाले यसरीनै निरन्तर कार्यक्रमहरु आयोजना भइरहनुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाली भाषा साहित्यको अन्तराष्ट्रिय विस्तारका लागि  सृजनात्मक र संगठनात्मक रुपमा  निरन्तर रुपमा समर्पित रहदै विशिष्ट योगदान दिए वापत इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दुत तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष  साहित्यकार भगवती वस्नेतलाई महामहिम राजदूत थापा तथा अन्तर राष्ट्रिय कलाकार समाज इजरायलका अध्यक्ष राज छेत्री बाट   नइ गणेशदुर्गा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो   कामको व्यस्तताको बावजुद, पनि गरिमामय उपस्थित जनाईदिनु हुने इजरायलमा कार्यरत सम्पूर्ण साहित्य स्रष्टा सर्जक महानुभावहरु साथै सम्पूर्ण साहित्य अनूरागी दाजूभाई दिदीबैनीहरुमा  कार्यक्रमको समापन गर्नुहुदै सभापती राज क्षेत्रीले   हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सदैव सदभाव एकता आत्मियता माया ममता, साथ् हौसला सदैव मिलिरहने छ भन्ने पूर्ण बिश्वासका साथमा  सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − = six