छैटौं संस्करण वलिहाङ कप फुटबल प्रतियोगिता बारे किरात याक्थुङ चुम्लुङ इजरायलले पत्रकार सम्मेलन गर्दै !

इजरायल बिसेष खेलकुद

 

तिनजुरे अनलाईन !
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा छैटौं संस्करण वलिहाङ कप फुटबल प्रतीयोगिता ५०८२को पत्रकार सम्मेलन आउदो१६ सेप्टेम्बर शुक्रबार लेभेन्की फुटसल ग्राउन्डमा साझ ७ बजे गर्ने भएको छ !

हरेक बर्ष संचालन गरिने वलिहाङ कप फुटबल प्रतियोगिता अक्टोबर ७ तारिख शुक्रबार सांझ खुलोन ग्रास ग्राउन्डमा हुने गरेको छ !

सबै फुटबल क्लबहरुलाई आधिकारिक पत्र पठाइसकेको पनि जानकारी गराउदै आयोजक संस्थाले सहभागी बन्न इच्छुक कुनै संस्था वा क्लबलाई सहभागी आह्वान समेत गरेको छ !

उक्त पत्रकार सम्मेलनमा फूटबल क्लब,मेनेजर,कोच,खेलाडी लगायत सबैलाइ ७+४ एघार खेलाडीहरुको नामावली कोच/मेनेजर र सहभागिता शुल्क १,५०० सेकल सहित सहभागी हुन
जानकारी गरेको छ !

पुरस्कार राशी लगायत खेलका विभिन्न नियमहरु पत्रकार सम्मेलनका दिन जानकारी गरिने महासचिव सुदिप आङ्बुहाङले जानकारी दीएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =