सांसद लिला सिटौलाको प्रमुख आतिथ्यमा  नेसो इजरायल र संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले  सुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन / जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा  सांसद लिला सिटौलाको प्रमुख आथित्यमा नेपालका प्रमुख चार्डपर्वहरुहरुको अबसरमा संयुक्तमा अनलाइन जुम मार्फत  सुभकामना आदन प्रदान गर्ने भएको छ !

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च , नेपालका केन्द्रिय सचिब विष्णु भट्टराईको विशिस्ट आतिथ्य रहने उक्त कार्यक्रममा ईस्वि सम्बत २०२० अक्टुबर १८ तारिक  आइतबार नेपाली समय ४:४५ बजे  इजरायली समय २:०० बजे दिउँसो रहने आयोजकले जानकारी दिएका छन !

बिगतका बर्ष हरुमा (चिया जलपान सहित) कार्यक्रम गर्दै आएता पनि  कोभिड-१९ का कारण प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ भएकोले जुम भर्चुअलमा कार्यक्रम गरिने भएको हो !

नेपालका  महान राष्ट्रिय चार्डपर्वहरु (बडादशै,म्व:नि नख:,तिहार, स्वन्ति नख:, न्हू दँ भिंन्तुना,नेपाल संवत्, बलिहाङ तङ्नाम र छट पर्व,एलेतङबे ५०८०,बलिहाङ तङनाम,चासोक ताङनाम,माघेसंक्रान्ति,उधौलि पर्व,उभौली पर्व,तमु लोछार,सोनाम लोछार,ग्याल्पो लोसारको) सम्मान गदै,”उक्त कार्यक्रम राखिएको हो!

कार्यक्रममा इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा   उपस्थितिका लागि अनुरोध समेत गरिएको छ!

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × = 21