नेपाली संघीय समाज इजरायलले अङ्ग्रेजी नयाँबर्षको अवसरमा शुभकामना,साथै चियापान कार्यक्रम गर्ने |

इजरायल बिसेष समाचार

तेलअविव – संघीय समाजवादी फोरमको  प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष श्री पासङ नुर्बु शेर्पा को अध्यक्षता  बसेको नियमित  दोस्रो (मेसेन्जर कलकन्फ्रेन्स) बैठक द्वारा  विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ |

आउँदो डिसेम्बर २१ तारिख (शुक्रबार)  सांझ ५ बजे देखि हार्चियोन गोलइस्चोन स्ट्रिट २४ मा रहेको हलमा अङ्ग्रेजी नयाँ बर्ष तथा मेरि कृस्मसको शुभ अवसरमा प्रत्यक्ष बैठक,पार्टी प्रवेश,चियापान,शुभकामना आदानप्रदान, पदाधिकारिहरुलाई परिचय पत्र प्रदान,शपथ गर्न बाँकी  पदाधिकारीहरुलाई सपथ ग्रहण र तेस्रो अधिवेशनमा सम्मानित हुनु भएको विभिन्न महानुभावहरुलाई  सम्मान-पत्र वितरण  गर्ने भएको छ |

त्यसैगरी अङ्ग्रेजी नयाँ बर्षको शुभअबसरमा १९ जनवारी २०१९ (शनिबार) सदभाव मित्रता भ्रमण इजरायलको पर्यटन क्षेत्र खर्मोन जाने निर्णय भएको संस्थाका महासचिव अनिला मोक्तान तामाङले तिनजुरे अनलाइनलाई जानकारी दिनु भएको छ |
उक्त कार्यक्रमहरुमा इजरायलवासी श्रमजीवी समस्त नेपाली दिदिबहिनी तथा दजुभाईहरुमा गरिमामय सरिक /उपस्थितिका लागि  हार्दिक अनुरोध गरेको छ|

तामांग अनलाइन बाट

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty four ÷ = eleven