एन आर एन ए इजरायलको ११औँ बार्षिकोत्सव हुने |

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन/

गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको १७/१९ कार्यकालको यस बर्षको बार्षिक कार्यक्रम २०१८ डिसेम्वर १ तारीख शनिवारको दिन एभरेस्ट डिस्को हलमा बिहान ११ बजे ११औं बार्षिकोत्सव कार्यक्रम भब्य रुपमा मनाउने भएको छ ।

साथै सोही दिन इजरायलका लागी नेपाली राजदुत श्री निरन्जन कुमार थापा ज्यु लाई पनि एन आर एन ए एनसीसी इजरायल र नेपाल आदिवासी जनजाती महासंघ इजरायलको संयुक्त आयोजना मा बिदाई गर्ने कार्यक्रम पनि रहेको छ ।

बिगत लामो समय देखी इजरायललाई आफ्नो कर्म भुमी बनाउदै आउनु भएका एन आर एन ए एनसीसी इजरायलका अध्यक्ष श्री छिरीङ लामा शेर्पा ज्यु आकस्मिक इजरायलको बसाईलाई सदाको लागि बिट मार्दै आफ्नो जन्म भुमी नेपाल फर्कन लाग्नुभएकाले र संस्थाको कार्यभार कार्यबाहाक अध्यक्षको रुपमा बरिष्ठ उपादध्य श्री शान्ता ज्ञवाली अधिकारी ज्यु लाई उक्त बिधाई कार्यक्रमको दिन हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

महामहिम ज्यु लाई बिदाई कार्यक्रममा संयुक्त रुपमा अध्यक्ष शेर्पा लाई पनि बिदाई गरी संस्थाको बार्षिक प्रतिवेदन र आर्थिक आय ब्यय पनि बुझाउने भएको छ ।

एन आर एन ए इजरायललाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग पुर्याउदै आएका संघ संस्था पत्रकार लगायतका ब्यक्तित्वहरु लाई सम्मान स्वरुप सोही कार्यक्रममा प्रमाण पत्र पनि बितरण गर्ने भएको छ । इजरायल वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनी हरुमा उपस्थितीको लागी आयोजकले हामि मार्फत हार्दिक आमन्त्रण समेत गरेको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty six ÷ = 4