तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार मनाइदै |

इजरायल बिसेष

इजरायल /

तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार भब्य रुपमा मनाइने भएको छ “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इ. स.२००६ मा स्थापना  भएको यश संस्थाले हरेक साल यो पर्ब मनाउदै आएको छ |

 तेलअविवको  शहर  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१९, जनवरी ४ तारिख शुक्रबार हुने उक्त कार्यक्रममा बिभिन्न  परिकारका भाेजनहरूकाे ब्यवस्था साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली र नेपाली भाषीहरूलार्इ कार्यक्रममा बिभिन्न माध्यमहरू बाट अायाेजक तमु समाज इजरायलले निमन्त्रणा गरेकाे छ ।

संस्थाकी अध्यक्ष  आस माया गुरुङका अनुसार उक्त कार्यक्रममा तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम, शुभकामना आदन-प्रदान, रात्री भोज र डिजेका साथमा खी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै फो ल्हो (मृग वर्ग) लाई स्वागत गरि राष्ट्रिय पर्ब तमु ल्होसार स्योकै कार्यक्रम भब्यरुपमा  सम्पन्न गराऊन सम्पूर्ण तयारी सम्पन्न भएको कुरा तिनजुरे अनलाइन डट नेटलाइ जानकारी दीएकी छन् | भने उक्त कार्यक्रम तमु समाज इजरायलकी तृतीय   उपाध्यक्ष  खुशी क्ले तमुस्योको  संयोजनमा सम्पन्न हुने भएको छ |

तमु समाज इजरायल बिदेशकाे ठाउँमा रहेर पनि  भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे  आफ्नो मौलिक भाषा,  भेषभुषा, , ,  सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना  गर्ने  उदेस्यले बिगत १२ बर्ष अघि स्थापना भइ सामाजिक लगायत  हरेक काम गदै आएको छ |

 तमु समाज इजरायलको 12औ वर्षको सुखत उपल्क्षयमा राष्ट्रिय पर्ब (फो) ल्होसार सब्य र भब्यताका साथ मनाउने र उक्त कार्यक्रममा सहभागी  भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको लागि आफ्नो जातिय तमु पोशाकमा संंम्पूर्ण सचेत तमु दाजुभाई दिदीबहिनीहरु र इजरायलमा कार्यरत सम्पूर्ण इजरायलबसी नेपाली दाजुभाई-दिदीबहिनी हरुमा  तमु समाज इजरायलले   हार्दिक अपील समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ = six