चासाेक तङ्नामलाइ भब्य बनाउन कलाकारहरु इजरायल आइपुगे (भीडीयो सहित)

इजरायल बिसेष

तिनजुरे अनलाइन/

भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको   किराँत याक्थुङ चुम्लुङ इजरायलले मनाउन लागेको  याक्थुङहरुको राष्ट्रिय चाड २०७५(येले तङ्बे ५०७८) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न बनाउन नेपालबाट आमन्त्रित कलाकार हरु रुकमान लिम्बू र जेपि नेम्बाङ इजरायल आइ पुगेका छन् |

इजरायलको समय अनुसार रातिको १० .३० बजे कलाकारहरु बेन्गुरीयन एयरपोर्टमा आइपुगेका हुन् कलाकारहरुलाइ स्वागतको  लागि किराँत याक्थुङ चुम्लुङ इजरायल संस्थापक अध्यक्ष प्रताप मादेन, वर्तमान अध्यक्ष गीता तुम्बाहाम्फे,त्यस्तै निबर्तमान महासचिब सागर तुम्बापो लगायत जानु भएको थियो |

बिदेशकाे ठाउँमा रहेर पनि  भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलार्इ सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले त्यश समय बाट नै अाफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै अाएकाे छ ।

तेलअविवको  शहरको  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१८, डिसेम्बर १४ तारिख शुक्रबार हुने कार्यक्रममा याक्थुङ परिकारका भाेजनहरूकाे ब्यवस्था याक्थुङ संस्कृति झल्कने नृत्य, धान नाच,स्थानिय कलाकारहरुको प्रस्तुति समेत  रहनेछ भने उक्त कार्यक्रम सफल बनाउन कलाकार हरुले समेत इजरायलबाशी सम्पूर्ण लिम्बु दाजु भाइ साथै अन्य नेपालीहरुमा हार्दिक अनुरोध समेत गरेका छन् |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = eight