साउन ८ गते बुधबार जुलाई २४ तारीखको राशीफल, श्री पाथिभरा माताले सबैको कल्याण गरुन

राशिफल

आज श्री शाके १९४१ बि।स। २०७६ साल साउन ८ गते बुधबार इश्वी सन २०१९ जुलाई २४ तारीख श्रावण कृष्णपक्ष सप्तमी त्तिथी रेबति नक्षत्र १२ः५३ बजे सम्म पश्चात अश्विनी नक्षत्र सुर्कमा योग पश्चात धृती योग बालव करण चन्द्रमा मीन राशिमा १२ः५३ बजे सम्म पश्चात मेष राशिमा आनन्दादि योगमा उत्पात योग सुर्य दक्षीणायन बर्षा ऋतु अष्टमीब्रत – ज्यो.प. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मध्यान पश्चात भने निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । अपरान्ह पश्चात आक्स्मिक धनखर्चको सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम र मेहेनतको राम्रो कदर हुने तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मध्यान पछी भने साजेदारी कार्यमा सजग रहनु होला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । मध्यान पश्चात सामान्य अपजस आई पर्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । मध्यानपछि सामान्य यात्रा रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । मध्यान पश्चात सामान्य बादबिवादको सामना गर्नु पर्ला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न गराउन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । अपरान्ह पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । ब्यपार ब्यवसायको क्षेत्रमा बिशेष सजग रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनि हुन सक्नेछ । अपरान्ह पछी गैर ब्यतिको बिश्वास नगरेकै बेश हुनेछ । परिवारका सदस्यहरुबाटँ टाढाँ भएको महसुस हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । मध्यान पछि बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । अध्यन अध्यापनमा समय उत्तम रहने दिन रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मध्यान पश्चात पारीवारिक झमेलाको सामना गर्नु पर्ला । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । अपरान्ह पश्चात गरीएका कार्यहरु सहजता पुर्ण ढगंले सम्पादन हुनेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । दाम्पत्य सम्बन्धमा भने खटपट रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । मध्यान पछि आय आम्दानिका तुलनामा खर्च बढ्नेछ । भोज भतेर जन्य कार्यमा सहभागीताको योग रहनेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine ÷ three =