“फुरुरु” बोलको तीज गीत  इजरायलमा सुटीङ सम्पन्न ,चाडै बजारमा । 

भिडियो

तीनजुरे अनलाइन/

हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीज नजिक आउदै गर्दा परदेशीको कथा बेदनाले भरिएको  “फुरुरु” बोलको तीज गीत चाडै सार्बजनिक हुने भएको छ ।गीतमा तिज महिला दिदि बहिनि हरुको वेदना पोको फुकाउने चाड बिशेष भएकोले  एउटी चेली लामो समय पछि घरदेखि  माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ ,त्यस्तै   भाइले दिदिलाइ परदेशबाट सम्झेको कुरा लगायत सुन्न र देख्न पाईने छ ।

गत सनिबार इजरायलको यार्कोन पार्कमा सुटिंग सम्पन्न ,भएको गीतमा माया खनाल / अन्जु मोक्तान / सुर्य राना / दुर्गा बि.सि को आवाज रहेको छ भने लय :- दुर्गा बि.सि को रहेको छ अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी  अध्यक्ष समेत रहेकी कादम्बरी दाना श्रेष्ठको निर्देशमा मा बनेको उक्त गीतमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाका बरिस्ठ उपाध्यक्ष अनिल सिंह राजपुतको छायांकन रहेको छ ।

उक्त गीतलाई म्युजिक एरेन्ज :- कमल सौरागले गरेका हुन भने  सोसि श्रेष्ठ , इशा शर्मा , काब्या क्षेत्री, प्रिनिसा  कन्दवा र सोनि योन्जन सुर्य राना,  दुर्गा बिसी,  दानाश्रेष्ठ  माया खनाल र अन्जु मोक्तान साथै इजरायल बासी दिदी बहिनी दाजु भाइको अभिनय  रहेको छ   इजरायलको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको उक्त गित शुभारम्भ म्युजिक प्रा.ली बाट बजारमा आउने गायक दुर्गा बिसी ले जानकारी दिनु भयो ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy − = sixty eight