केपी ओलीले बोलेको सपना पुरा गर्दै राखे नेपालको सान : अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर हिड्न थाले (भिडियोसहित)

भिडियो

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्वका समुन्द्रमा नेपाली झण्डा फहराउँदै पानीजहाज चलाउने भन्दै योजना सुनाएका थिए । प्रधानमन्त्री हुनासाथ सुनाएको उनको यो योजना कतिपयले पत्याएनन् । त्यसैले बाढीले मुलुक जलमग्न हुँदा कागजको पानीजहाज बनाएर प्रधानमन्त्री ओलीलाई हाँसोको पात्र बनाइयो । तर ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने भएका छन् । हिमालयन टेलिभिजनले यहि विषयमा एउटा भिडियो सामग्री तयार पारेको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीले जनाएको यो प्रतिवद्धता पुरा गर्न वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । काठमाडौंमा कार्यालय स्थापना गरेर योजनाको बारेमा हल्ला गरेको भएपनि त्यसपछि उपलब्धी मुलक केही काम भने हुन सकेको छैन । तर अब कम्तिमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएको छ ।

प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरे पछि नेपाली झण्डा अंकित कन्टेनरमा नेपालसम्म सामान ढुवानी हुने भएको हो । कम्पनीका अध्यक्ष देवीप्रसाद भट्टचनले नेपालसँग कारोबार हुने ठूला एशियाली बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सले सेवा सुरु गर्न लागेको बताएका छन् ।भट्टचनका अनुसार पहिलो चरणमा झण्डै २ हजार कन्टेनर खरिद गरी यो सेवा सुरु गर्न लागिएको छ । ती कन्टेनरमा नेपाली सिपिङलाइन्स र नेपालको राष्ट्रिय झण्डा पनि अंकित हुने छ ।

प्रधानमन्त्री ओलीले विश्वका समुन्द्रमा नेपाली पानीजहाज चलाउने सपना सुनाए लगत्तै भट्टचनलाई प्रधानमन्त्रीको त्यो बोलीले झस्कायो । उनले नेपालको पानीजहाज नै चलाउने सम्भावना तत्काल नभएपनि नेपालको झण्डा फहराउँदै पानीजहाज संचालन गर्न सकिने सम्भावना देखे । त्यसैले उनले सो काम तर्फ आफ्नो कदम अघि बढाएको जनाए । ‘अब हाम्रा व्यवसायीले विदेशी कन्टेनर भाडामा लिनुपर्ने छैन । साथै उनीहरुको समय र पैसाको पनि वचत हुने छ,’ उनले भने, ‘हामी सिंगापुर, बलेसिया, दुबईबाट छिटोछरितोरुपमा सामान ओसार्न सक्छौं ।’

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − = sixty nine