इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न !

पत्रपत्रिका

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न !

तेल अभिव :-

नेपाल आदिवासी जनजाती महासंघ इजरायलद्वारा इजरायलमा २५ औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न भएको छ ।

गत शुक्रबार लेबेन्दा ३२ तेलअबिबमा नेपाल आदिबाशी  जनजाती महासंघ इजरायलका अध्यक्ष तथा उक्त कार्यक्रमका  सभापति  तारा काउचा रहेका थिए  कार्यक्रममा प्रमुख अतिथी नेपाल जनजाती महासंघ केन्द्रका उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख गोविन्द छन्त्याल, बिशेष अतिथीमा NRNICC इजरायलकी  अध्यक्ष शान्त़ा  ज्ञवाली,आदिबासी जनजाती महासंघ इजरायलमा आबद्द जातीय अध्यक्षहरु  विभिन्न सामाजीक, धार्मिक ,राजनैतीक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत इजरायलमा कार्यरत नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो । 

आदिबासी  जनजाति महासंघ इजरायलकी  उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको संयोजनमा संचालन उक्त कार्यक्रम संघका महासचिव खुसी घले र छ्योम्बा शेर्पाले संचालन गरेका थिए  कार्यक्रममा जनजातीहरुले  आफ्नो पहिचान झल्किने पोशाक,झाँकी सहित ठुलो संख्यामा उपस्थिती रहेका थिए ।

नेपालमा चलीरहेको आरक्षण बचाऊ आन्दोलनलाई समर्थन गर्दै ,शान्ती पूर्ण आन्दोलनमा लाठी चार्ज र गिरफ्तारीको बिरुद्धमा कालो पट्टि बाँधेका थिए ।सभापती ,प्रमुख अतिथी तथा बिशेष अतिथीले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै शुरु भएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा नेपाल आदिबासी महासंघ इजरायलका उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको स्वागत मन्तब्य दिनु  हुँदै नेपाली राजदुताबासबाट प्राप्त शुभकामना मन्तब्य बाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिबासी महासंघका केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख गोविन्द छन्त्यालले सामाजिक न्याय प्राप्तिका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमाथि राज्यले दमन गरिरहे उत्पीडित समुदायको आन्दोलन राज्य र सरकारका लागि महंगो पर्ने चेतावनी दिंदै जनजातीहरुको स्थिती ,भावी योजना तथा नेपालमा चलिरहेको आरक्षण बचाऊ आन्दोलनबारे बोल्नु भएको थियो ,भने बिशेष अतिथी NRNICC इजरायलका अध्यक्ष शान्त ज्ञवाली,पूर्व अध्यक्षहरु तथा सरक्षण परिषद सदस्यहरु डोमा शेर्पा र निर्मला गुरुङले शुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रमको अन्त्यमा सभापती तथा आदिबासी जनाजाती महसघ इजरायलका अध्यक्ष तारा काउचा मगरले देश बिदेशमा रहने हुने सम्पुर्णलाई २५ औ  बिस्व आदिबासी दिवसको उपलक्क्ष्यमा शुभकामना दिनु हुँदै ,प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने तथा कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धन्यवाद दिनु हुँदै समापन गर्नु भएको थियो ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = two