मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग

सामाजिक

आरपी सहयात्री

भदौ ३- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापा जिल्लाको अर्जुनधारावासीहरुले आफ्नो नगरका एक मृगौलारोगीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । झापा अर्जुनधारा -९ का रमेश लोहार सेल भाइरलका कारण दुबै मृगौलारोगबाट पीडित रही उपाचारको क्रममा रहेका कारण परदेशबाट सहयोग जुटाएको सहयोग संकलन अभियानका संयोजक दिपक बस्नेतले जानकारी दिएका छन् ।

गरिव आर्थिक अवस्थामा रहेको लोहर परिवार उपचारको सिलसिलामा आफ्नो जायजेथा सकेर जीवनको रक्षाका लागि सहयोगको याचना गर्दै “रमेश बचाउ अभियान “ स्थानीय तहबाट शुरूवात भएको अवस्थामा युएईमा सोही एरियामा घर भएका परोपकारीहरुको पहलमा धेरथोर आर्थिक संकलन गरेर ३७ हजार ३ सय ६९ नेपाली रुपैयाँ सहयोग गरिएको अभियानका सहसंयोजक रहेका झापाली समाज युएई राक क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीले बताएका छन् ।

रमेशको स्वास्थ्य उपाचारमा सहयोग हुने र मानवीय सेवाका साथै सामाजिक सद्भाव कायम रहने भनी रोजगारका सिलसिलामा युएईमा कार्यरत अर्जुनधारा नगरवासीहरूले आफ्नो कर्तव्य तथा दायित्व सम्झी यो अभियान चलाएको अबुधाबीमा रहेका यस अभियानका सहसंयोजक प्रमोद लुइँटेलले जानकारी दिएका छन् । सहयोग संकलनका क्रममा युएई-अर्जुनधारा प्रबासी परिवारको अवधारणा विकास भएको र आफ्नो गाउँठाउको विकास र सहयोगको लागि सम्बन्धित एरियाका मानिसहरु एकता, सहयोग र सहकार्यको मार्गमा रहनुपर्ने धारणा बिकास भएको अभियानकी सक्रिय सदस्य कमला पाण्डे मैनालीले बताइन् ।
यो सहयोग संकलन अभियानमा झापाली समाज युएई र एनआरएनए युएईमा आवद्ध लगायतको अर्जुनधारावासीहरुको उल्लेख सहभागिता रहेको अभियानका अभियन्ता गोपाल पौडेलले अनुभव सुनाए ।
उक्त रकम सहसंयोजक शर्माकी श्रीमती इन्दिरा सन्जेल र गोपाल पौडेलको दाजु मोहन पौडेलले बिरामीको दिदी पार्बता पारु लोहारको हातमा रमेश बचाउ समितिका अध्यक्ष, सचिव लगायतको समुहको उपस्थितिमा भदौ २ सोमबार हस्तान्तरण गरिसकेको जानकारी युएईका संयोजक दिपक बस्नेतले जानकारी दिएका छन् । परदेशमा बसेर पनि घरदेशको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गर्नुहुने सबै मनकारी दाताहरुलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिदै बिरामीकी दिदीले यो सहयोगका कारण उपचार प्रक्रियामा धेरै सहयोग पुगेको प्रतिक्रिया दिएकी छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =