युएई एक्सचेञ्ज-हिमाल रेमिटको दशै-तिहार अफर सार्वजनिक ।

समाचार

युएई

१० लाख रुपैयाँ नेपालीहरुले पाउने । युएई- युएईको रेमिट्यान्सको क्षेत्रमा लोकप्रिय एक्सचेञ्ज साथै सबैभन्दा धेरै नेपालीले कारोबार गर्ने कम्पनी युएई एक्सचेञ्ज नेपालीहरुको महान चाड दशैको उपलक्ष्यमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । युएई एक्सचेञ्जले आफ्ना सम्पुर्ण नेपाली ग्राहक, शुभचिन्तक तथा रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई दशै-तिहारको खुसीमा अझ खुसी थप गर्न यो योजना सार्वजनिक गरेको जनाएको छ ।

महान पर्वको उपलक्ष्यमा नेपाली ग्राहक वर्गलाई मात्रै लक्ष्यित गर्दै हिमाल रेमिट्को सहकार्यमा ५ लाख रुपैयाँ राशिको मेघा पुरस्कार सहितको उपहार योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत युएई एक्सचेञ्जका कुनै पनि शाखाबाट अगस्ट २५ देखि अक्टोबर ५ सम्म नेपालमा पैसा पठाउदा हरेक हप्ता १/१ लाख रुपैयाँ ५ जना भाग्यशाली ग्राहकले युएईमै पाउनेछन् भने मेघा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ कुनै एक नेपाली ग्राहकले युएई एक्सचेञ्जबाट नेपाल पैसा पठाउँदा पाउन सक्नेछन् ।

यो पुरस्कार योजना अन्तरगत दशै-तिहारको यो अवधिमा युएई एक्सचेञ्जबाट कारोबार गर्ने सबै नेपालीमध्ये ५ जनाले १/१ लाखका दरले ५ लाख रुपैयाँ र एक जनाले ५ लाख रुपैयाँ गरी जम्मा १० लाख रुपैयाँ जित्न सक्ने युएई एक्सचेञ्जले जनाएको छ । युएई एक्सचेञ्जले नेपालीहरुलाई मात्रै लक्ष्यित गरेर उपहार योजना बेलाबेलामा सार्वजनिक गरिरहेको छ ।

सबैभन्दा पहिला युएई एक्सचेञ्जले आफ्नो एक्सचेञ्जबाट नेपाल पैसा पठाउने २३ जना नेपालीहरुलाई युएई-काठमाडौं-युएईको रिटर्न हवाई टिकट उपहार स्वरूप प्रदान गरिसकेको छ । गत दशै-तिहारको अवसरमा पनि आकर्षक आर्थिक पुरस्कार योजना सार्वजनिक गरेको थियो भने नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पनि ७ लाख रुपैयाँ राशिको उपहार योजना सार्वजनिक गरेर युएई एक्सचेञ्जले नेपाली ग्राहकहरुलाई उच्च प्राथमिकतामा राखेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 − = forty six