इजरायलमा रवि लामिछानेको समर्थनमा रहेका नेपाली द्वारा प्रदर्शन !

इजरायल बिसेष

इजरायल ।

 न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेको समर्थनमा वैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका रवि लामिछानेका समर्थकहरुले तेलअभिव शहरस्थित लेभिन्स्की पार्कमा भेला भएर प्रदर्शन गरेका छन्।

अफ्ठ्यारो, अन्यायमा परेकाहरुको आवाज बोलिदिने,भ्रष्ट माफियाहरुको विरुद्ध खरो रुपमा उत्रिएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार गरेर सबैको मनमा बस्न सफल एक निडर व्यक्तिलाई उनले गर्दै नगरेको गल्तीमा षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै इजरायलमा कार्यरत नेपालीहरुले विरोध जनाएका हुन्।

विभिन्न किसिमका चरम बेथितिले नेपाली समाज आक्रान्त भएर जताततै निराशा र निष्पष्ट अध्यारो छाइरहेको समयमा रवि लामिछाने धेरै नेपालीहरुको आशाको केन्द्र बनेका थिए र सिधा कुरा जनतासँग कार्यक्रम धेरैको आस्थाको केन्द्र बनेको कुरा प्रदर्शनको संयोजन गरेका राम ढुंगानाले बताए।

रवि लामिछाने निर्दोष छन्,रवि लामिछानेलाई रिहा गर,पिडित,निमुखाको आवाज कस्ले बोल्दिन्छ,रवि लामिछाने जेलमा छ लगायत रविको समर्थनमा विभिन्न किसिमका नारा लेखिएका प्लेकार्ड बोकेर भएको प्रदर्शनमा सय जना भन्दा धेरैको उपस्थिती रहेको थियो भने थुप्रैले आफ्नो कामको व्यस्तताको बाबजुद उपस्थिती जनाउन नसकेकोमा खिन्नता प्रकट गर्दै नैतिक समर्थन जनाउने कुरा फेसबुक लगायत सामाजिक संजालमा लेखेका थिए।

रवि लामिछाने लगायत युवराज कँडेल र आस्मिता कार्कीलाई समेत न्याय दिनुपर्ने प्रदर्शनमा उपस्थित भएकाहरुको माग थियो।

इजरायलमै नेपाली नारीहरुको महान् चाड तीजको अवसरमा झापाली समाज इजरायलले नेपालका बहुचर्चित कलाकारहरुको साथमा यहि अगष्ट ३० तारिख ‘तीज महोत्सव २०७६’ कार्यक्रम गर्दैछ। जसबाट उठेको रकम रास्कोट सामुदायिक अस्पताललाई हस्ताण्तरण गरिने छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety ÷ 45 =