रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को सम्पूर्ण तयारी पुरा !

इजरायल बिसेष

इजरायल

रवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६” को  कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ !

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा आउदो अगष्ट ३० तारिक शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा बृहत तीज कार्यक्रमको आयोजना भएको छ । 

उक्त  कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय ५ चर्चित कलाकारले आफ्नो प्रस्तुति दिने छन्   जसमा पछिलो समय निकै चर्चा कमाएकी गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायल गायक प्रमोद खरेल, हिमाल सागर र चेतन सापकोटा साथमा पछिल्लो युवा जमातले निकै मनपराएकी गायिका टिका प्रसाई रहेका छन् ।

गैर आवासिय नेपाली संघ इजरायलको संयोजनमा सम्पन्न हुने उक्त  कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित राष्ट्रिय ५ चर्चित कलाकारहरु अगस्ट २९ तारिक बेलुका ८: ३० बजे इजरायल आइपुग्ने छन्  भने शुक्रबार साझ तेलअबिभको लेबिनिन्की पार्क बाट कार्यक्रममा जानको लागि बस छुट्ने साथै  ७:३० बजे  बाट  १० बजे सम्म दर खाने कार्यक्रम रहेको छ त्यस्तै   औपचारिक कार्यक्रम सुरु हुने र ९:०० बजे बाट सुरु हुने साथै अन्नौपचारिक कार्यक्रम: १०: ३० बाट सुरु हुने झापाली समाज इजरायलका महासचिब खेमराज जमरकट्टेलले जानकारी दिनु भयो ।

त्यस्तै भोलि पल्ट अगस्ट ३१ तारिक सनिबार आमन्त्रित कलाकारहरुको साथमा बिस्वकै होचो स्थान मृतसागर ( यामामेलाख) र जेरुसलोमको कोटेल,भ्रमणको कार्यक्रम समेत रहेको छ  ।जसको लागि सनिबार बिहान ७ बजे लेबीनिन्स्कि पार्कमा आइपुग्नु पर्ने साथै सिट सिमित रहेकोले 0542242806- माला योन्जन तामाङ 0548809711-सबित्रा लुइँटेल घिमिरे लाइ सम्पर्क गर्न समेत आयोजकले जानकारी दीएको छ ।

यस पटकको कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक बनाउन आयोजक हरदम लागी परेको र लाग्ने कुरा   झापाली समाज इजरायलका अध्यक्ष सन्दीप भण्डारी जानकारी दीएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen ÷ = three