तीज महोत्सव २०७६ इजरायलमा सम्पन्न,मुनाफा रास्कोट अस्पताललाई !

इजरायल बिसेष

इजरायल,

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६”   कार्यक्रम, गत सुक्रबार अगष्ट ३० तारिक इजरायलको तेलअबिब स्थित  युनिभर्सिटी हलमा सम्पन्न भएको छ ।

झापाली समाज इजरायलका अध्यक्ष   सन्दीप भण्डारीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबाश इजरायल बाट महामहिम राजदुत डा अन्जन शाक्य बिसेष अतिथि अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष   दिपक प्रसाद वली,गैर आबसिय नेपाली संघ इजरायलका पुर्ब अध्यक्ष सुबाश खरेल, गैर आबसिय नेपाली संघ इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी, लगायत विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि रहनु भएको थियो ।

साझ ८ बजे बाट सुरु भएको उक्त कार्यक्रममा दीप प्रज्वलन गरि कार्यक्रमका सभापति, बिसेष अतिथि , अतीथि कार्यक्रम संयोजक ,संस्थापक लगायतले सुरुवात गरेका थिए । भने मुख अतिथि नेपाली राजदुताबाश इजरायल बाट महामहिम राजदुत डा अन्जन शाक्य बिसेष अतिथि अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष   दिपक प्रसाद वलीले सुभकामना मन्तब्य राखेका थिए !

त्यस्तै नेपाल देखि आमन्त्रित राष्ट्रिय ५ चर्चित कलाकारहरु गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायल गायक प्रमोद खरेल,गायक  हिमाल सागर , गायक तथा संगीतकार चेतन सापकोटा गायिका टिका प्रसाईका  आ आफ्ना प्रस्तुतिलेदर्शकलाई भरपुर मनोरंजन गराए का थिए ।

उक्त कार्यक्रम मार्फत धुर्मुस सुन्तली फाउन्डेसनको अभियान मार्फत निर्माण भइ रहेको  गौतम बुद्ध अन्त रास्ट्रिय रंगशाला  निर्माणको लागि १ लाख रुपैया झापाली समाज इजरायलका अध्यक्ष सन्दीप भण्डारी महासचिब खेमराज जम्मर कट्टेल लगायतले चितवन समाजकी अध्यक्ष सरिस्मा बराल मार्फत हस्तान्तरण गरिएको थियो ।

नितेश प्रसाई र नयन सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा को मुनाफा कति भयो र उदेश्य अनुरुप रास्कोट अस्पताल सहयोगार्थ कति सहयोग गरिने भन्ने जानकारी भने आउन केहि दिन लाग्ने झापाली समाज इजरायलका महासचिब खेमराज जमरकटेलले जानकारी दिनु भयो ।

साथै तीज फोटो प्रतियोगिता अन्तर्गत  प्रथम सुमि शेर्पा SAMSUNG A ५०  दृतिय आरजु बिष्ट ५०० सेकेल तृतीय सरीस्मा बराल २५० सेकेल चौथो ईशा शर्मा साथै पाचौ गोमा श्रेष्ठलाइ सम्मान पत्रले सम्मान गरिएको थियो।

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = two