युएईबाट हास्यटेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

समाचार

समाचार 

युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन् ।
नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेली शृङ्खला “बेसारेको मायाजाल” को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक गरेर यसलाई निरन्तरता दिने शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन् ।
उर्जावान र क्रिएटिभ युवा समुहले उत्पादन गरेको यो हास्य टेलीशृङ्खलाले नेपाली दर्शकहरुको मन जित्ने कुरा निर्माणपक्षले दाबी गरेको छ ।
बि टु के एसिया युट्युब च्यानलबाट सार्वजनिक भएको पहिलो शृङ्खलाले धेरै राम्रो प्रतिक्रिया, हौसला र सकारात्मक फिडब्याक पाएका कारण आगामी दिनमा अझ परिस्कृत गरिदै लाने यस शृङ्खलाका कलाकार समेत रहेका लेखक तथा निर्देशक इन्द्र सेन्चुरीले जानकारी दिएका छन् ।

पछिल्लो समय नेपालीहरुको लागि रोजगारीको मात्रै कर्मथलो युएई नभएर राम्राराम्रा कलाकार, गायकगायिका, पत्रकार, ब्यावसायीहरु जन्माउने उर्वर भुमी मानिन थालेको छ । अधिकांस नेपालीहरुले आफ्नो रुचिको क्षेत्रमा समर्पित भएर नाम, काम र दाम कमाएको पाइन्छ । यस्तै माहोलमा युएईमै बसेर बिटुके एशिया च्यानल मार्फत नियमित सार्वजनिक हुने बेसारेको मायाजाल टेलिशृङ्खला पनि एक हुने ब्यवस्थापक अर्यालले बताएका छन् ।
युएईको नेपाली सामाजिक जिवनमा पाल्पाली समाजको संस्थापक उपाध्यक्ष समेत रहेर आफ्नो सामाजिक छ्वीलाई उच्च बनाएका अर्याल सिर्जनशील सामाजिक व्याक्तित्व समेत हुन् ।
यस शृङ्खलाका लेखक तथा निर्देशक साथै लिड रोलमा रहेका इन्द्र सेन्चुरी पनि युएईको नेपाली रंगमन्चमा परिचित कलाकार हुन् । सर्लाही सेवा समाजमा आवद्ध सेन्चुरी यो शृङ्खलामा एक मधेसी मुलको प्रतिनिधि हास्री पात्रको रुपमा देखापरेका छन् ।

बिटुके एसिया च्यानल धेरै युट्युबरको एउटै थलो भएको हुदा धेरै दर्शकले भरपुर्ण मनोरञ्जन लिन पाउने निर्माणपक्षले बताएको छ ।
निर्माताहरुका अनुसार ‘बेसारेको मायाजाल’ बिटुके एसिया च्यानलका धेरै कार्यक्रम मध्येको एउटा हो ।
यसका संचालकहरुमा बरुण खनाल, कैलाश अर्याल र बिष्णु खनाल रहेका छन् । यो च्यानलले
गैर राजनितिक सामाजिक बिषयहरुको उठान गर्ने, मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।
साथै, शिक्षामुलक कार्यक्रम उत्पादन गरी सचेतना बढाउने पनि यो च्यानलको अभिप्राय रहेको छ ।
सामाजिक उत्तरदायित्व बहन गरी समाज विकासमा योगदान दिने यो समुहले आफ्नो प्रस्तुति हेरेर प्रतिक्रिया दिन सबैलाई अनुरोध समेत गरेको छ ।

(भिडियो)

https://www.youtube.com/channel/UC2-50NQHFdy69EeLO0iTwQw

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = six