नेफेसो इजरायलको तेस्रो अधिबेशन सम्पन्न !

इजरायल बिसेष

तेलअभिव ,कात्तिक ४ / “श्रमजीवि बर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौ ” संघियता ,गणतन्त्र र धर्मनिर्पेक्षताको विकास,रक्षा र प्रबद्वन गरौ ! पहिचान सहितको १० +१ प्रदेशका लागि संविधान शंसोधन गराउन जनदवाब जारि राखौ भन्ने मूल नाराका साथ नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गर्दै अक्टोबर १९ तारिख शुक्रबारको दिन सम्पन्न भएको हो ।कार्यसमितिको अन्य पदाधिकारीहरुमा सहअध्यक्षमा कल्पना मोक्तान तामाङ,बरिस्ठ उपाध्यक्षमा फुर्बा शेर्पा,उपाध्यक्षमा छोङ्बा शेर्पा,शर्किनी ह्योल्मो,दिपक शाह ठकुरी,महासचिवमा अनिला मोक्तान तामाङ,प्रवक्तामा समिर स्वाङ्बा ह्योल्मो,सचिवमा आङ्छिरिङ शेर्पा,शंकर गोले तामाङ,पेम्बाडोमा ह्योल्मो,कोषअध्यक्षमा अनिता राई,सहकोषअध्यक्षमा सुनिता मोक्तान तामाङ,सदस्यहरुमा दिनेश मोक्तान तामाङ,लाक्पा लामा शेर्पा,दोर्जे शर्पा,विमला मोक्तान तामाङ,अनुराज मोक्तान तामाङ,छ्योकी डुम्जन तामाङ रहेका छन् ।

संघीय समाजवादी फोरमका उपाध्यक्ष युवराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट सुन्दरसिहं लामा तामाङको अध्यक्षमा सल्लाहकार समिति गठन गरिएको छ ।समितिका सदस्यहरुमा छिरिङ लामा शेर्पा,सुभास राई,कुमार राई,दिप कुमार राई,चयन गरिएका छन् । अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई नेपालबाट आमन्त्रित पार्टीका उपाध्य्क्ष कार्कीले शपथ खुवाएका थिए ।कार्कीले पार्टी सरकारमा संविधान संशोधनका लागि गएको स्पष्ट पार्दै शुभकामना मन्तव्य राखेका थिए ।साभार सैलुङअनलाइन बाट

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty eight − = 20