अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ इजरायलमा हुने कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने!

इजरायल बिसेष

इजरायल ।

अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ २०७६  इजरायलमा हुने भएको छ  नेपाली हिन्दुहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रम आयोजना हुने भएको छ ।

माउन्ट एभरेस्ट फुटवल एफसीको आयोजना रहेको उक्त कार्यक्रममा प्रस्तुति दिन नेपालबाट चर्चित कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने भएका छन् ।

माउन्ट एभरेस्ट फुटवल एफसीले बिभिन्न पिडितको सहयोगार्थको लागि यस्तै कार्यक्रम गर्दै आएको छ । यस पटक पनि मुनाफा नेपालमा रहेका अनाथ बालबालिकाहरुको लागी खर्च गरिने गरि च्यारिटि सो राखीएको आयोजक समितिका संयोजक प्रकाश पाहिम लिम्बुले जानकारी दिएका छन् ।

आउदो अक्टोवर २५ शुक्रबार इजरायलको तेलअविभ स्थित एभरेस्ट डिस्को हलमा आयोजना तयारी गरिएको उक्त कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपलीभाषीहरुलाई साथ सहयोग गर्न आयोजकले अनुरोध गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety nine ÷ eleven =