चार संस्थाले इजरायलमा संयुक्त रुपमा मनाए तिज |

इजरायल बिसेष

नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा इरायलमा रहेका नेपालीहरुले चार संस्थाको तीज विशेष कार्यक्रम ‘संयुक्त तिज बिषेश कार्यक्रम २०७५’ आयोजना गर्दै भब्य रुपमा सम्पन्न गरेका छन् ।

संयुक्त रूपमा हातेमालो कार्यक्रम र एउटै मन मुटु अभियान चलाउने धार्मिक र अधात्मिक रूपमा रहेको सत्यसाई सेन्टर, नेपाली नारी आवाज, लुम्बिनी कपिलवस्तु दिवस अभियान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको संयुक्त आयोजनामा भव्यरूपमा तिज बिषेश कार्यक्रम २०७५ को दर तथा नाचगान सहितको गीत, र नृत्यको प्रस्तुतिले कार्यक्रम हल नै मनमोहक बनेको थियो ।

कार्यक्रमको सभापति एसिया उपाध्यक्ष केन्द्र अनेसास तथा इजरायल अनेसास च्याप्टर की अध्यक्ष निशा अर्याल रहेकी थिइन । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुत पत्नि आदरणीय निर्मला थापा रहेकी थिइन ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि समाजसेवी मिमी सामोल, इजरायली तथा अतिथि ओरा कार्वो सत्यसाई इन्टरनेशनल कन्ट्रेश अर्गनाइजेशन इजरायल, अतिथि जनजाति महापथ इजरायलकअध्यक्ष नरेश श्रेष्ठ तथा नेपाली संघिय समाज इजरायलको संस्थापक सुन्दर योन्जन लामा, एनआरएनकी कोषाध्यक्ष आदाम्वरी दानालगायत विभिन्न धार्मिक, सामाजिक,राजनितिकका पदाघिकारीहरूको उपस्थिति रहेको थियो ।

ईजरायलमा कार्यरत नेपाली दिदीबैनीहरूको व्यापक सहभागीता रहेको यस तीज विशेष दर खुवाउने कार्यक्रममा गीतकार प्रेमा लामा पाखीनले विभिन्न रंगीन तीजका गीतहरूको प्रस्तुति दिएकी थिइन । जसमा सहभागी सम्पूर्ण दिदीबैनीहरको उत्साहित नाचगानले हललाई नै मनमोहक वनाएको थियो । यसैगरी कार्यक्रममा इजरायलमा चर्चित कलाकारहरूको नृत्य प्रस्तुतिमा स्वस्तिका श्रेष्ठ, शान्ति लिम्वु, इर्शा शर्मा ,खुशी निकुको सुन्दर नृत्यले कार्यक्रममा सुनमा सुगन्धित थपिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लुम्विनि कपिलवस्तु अभियानकी अध्यक्ष मिना वान्तवाले राखेकि थिइन भने सो कार्यक्रमलाई रोचक र सशक्तका साथ सुन्दर प्रस्तुति दिदै उद्घोषकको भूमिको निर्वाह सत्यसाई सेन्टर कि अध्यक्ष तथा अनेसास इजरायलकी उपाध्यक्ष नेहा गुरुङले गरेकी थिइन ।

कार्यक्रममा धन्यबाद मन्तब्य दिदै गुरुङ दिदै निरन्तर राष्ट्र हितकोलागि सबै जातजातिका संस्कार संस्कृति चिनाउनकालागि निरन्तर कलम चलाउने र हातेमालो गर्दै एक भएर हामी नेपाली हाम्रो चार्ड अभियान भन्ने नारा आत्मसात गर्ने सबैमा धन्यबाद ब्यक्त गरिन । ‘कार्यक्रममा विशाल दिदीबैनीहरूको रंगीन हर्षपूर्ण नाचगानले वर्ष भरीकै थकान मेटाउन सफल भएझै लाग्ने यी अनुहारहरू खुशी र नाचगानको रमाईलो वातावरणले निक्कै हर्ष र आनन्दको महसुस गरेका छौ ।

आउने दिनमा अझै यसलाई व्यापक र एउटै नारा हामी नेपाली हाम्रो चार्ड भन्ने पवित्र भावना बोकी सम्पूर्ण नेपाली जातजातिको संस्कृति चिनाउने र वचाउन साथ सहयोग तथा कलम चलाउने प्रण हर्दै हामी दिदीबैनीलाई दर पकाएर सहयोग गर्नु हुने राज दाहाल ,भिम अधिकारी, तथा हल व्यवस्थापनका सहयोगी भारत इजरायलका हम्तुमलगायत खाना ,पानी इत्यादी ओसारपोसार गर्ने, इजरायली सहयोगी, पानीजुस सहयोगी तथा चारै संस्थाका सम्पूर्ण सहयोगी पदाघिकारी, मिडियाकर्मीप्रति कार्यक्रमको सम्पूर्ण आयोजकको तर्फबाट आभार व्यक्त गर्दछौं ,’ गुरुङले भनिन ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 6 =