गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम”सार्बजनिक !

इजरायल बिसेष गीत संगीत

‘गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम” बोलको गीत सार्बजनिक  भएको छ ।नेपाली सांगीतिक गगनमा ‘गीतकार कादम्बरी दाना श्रेष्ठ’ चर्चित नभए पनि अब अपरिचित चै रहेन । गीतकारको रुपमा आफ्नु शब्द शिल्पीद्वारा पहिलो एल्बम ”सुशान्त ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले एक बर्ष अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर आइन जसमा शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । 

मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेसहरु छन ।इजरायलवासी नेपालीहरु बीच अति नै चिरपरिचित नाम हो ”गीतकार कादम्बरी दाना श्रेष्ठ” । बैदेशिक रोजगारीको सिलसिलामा बिगत लामोसमय देखि इजरायलमै रहेर पनि नेपाली कला क्षेत्रमा के कसरी योगदान गर्न सकिन्छ भन्दै आफ्नु तर्फबाट गीतगजलको श्रीजना गर्दै नेपाली कला क्षेत्रलाई धनी बनाउन लागिपरेकी उदयीमान सर्जंकमा पर्छिन ”गीतकार कादम्बरी दाना श्रेष्ठ”।

नेपाल आइडल सिजन एकका निकै रुचाईएका प्रतिष्पर्धी मध्य सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।चितवनको नारायणगढका आले आइडलबार बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।
 
देश लगाय बिदेशमा बिभिन्न सांगेतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन् । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन् सबै उत्तिकै रुचाईएका र मन पराईएका छन् । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन् । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।
 
उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।

अघिल्लो म्युजिक भिडियो झैँ कादम्योबरी कुन्ज भित्र रहेको यो गीतको म्युजिक भिडियोलाई पनि दर्सक श्रोताले मन पराईदिनेमा कादम्बरी बिश्वस्त रहेको बताएकि छिन् !

गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =