इजरायलमा दुइ संगठन बिच एकता साथै भेटघाट कार्यक्रम सम्पन्न ।

इजरायल बिसेष राजनीति

तेलअभिव ।

असार ,१  – “संघियता,शुसान ,सम्वृद्धि र समाजवाद समुन्नत संघीय समाजबाद जिन्दाबाद “भन्ने मूल नाराका साथ् नेपालि संघीय समाज (नेफेसो ) इजरायल तथा अन्तर्राष्ट्रिय नेपाली समाज बिचको एतिहासिक एकता घोषणा “समाजवादी पार्टी नेपाल”को कार्यक्रम २०१९ को तेस्रो अधिबेशन भव्यता साथ् सम्पन्न भएको छ । १५ जुन २०१९ शनिवारको दिन तेलअबिबको लेविनेस्की पार्क ९९ अघाडी रहेको नयाँ बिल्डिंगको ८ ऑ तलामा सम्पन्न भएको थियो ।

नेपालि संघीय समाज (नेफेसो ) इजरायल तथा अन्तर्राष्ट्रिय नेपाली समाज “समाजवादी पार्टी नेपाल” बिचको एतिहासिक एकता घोषणा कार्यक्रमका प्रमुख अथिति नेपालि संघीय समाजका संस्थापक संयोजक निबर्तामान अध्यक्ष एवंम् बर्तमान सल्लाहकार समितिका अध्यक्ष सुन्दर सिँह लामा तामांगको रहेको थियो भने नेपालि संघीय समाज (नेफेसो ) इजरायलका अध्यक्ष पासांग नर्वु शेर्पा ,र अन्तर्राष्ट्रिय नेपालि समाजका अध्यक्ष श्री तेज बहादुर श्रेष्ठको संयुक्त सभापतित्वमा नेपाली राष्ट्रिय गित बजाई सहित हरु प्रति एक मिनेट मौन धारन गरि उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा नेपालि संघीय समाज (नेफेसो ) इजरायल तथा अन्तर्राष्ट्रिय नेपाली समाजका संस्थापक सदस्य तथा सल्लाहकार बाल कुमार राइ ,प्रवासी एकता मंच इजरायलका संयोजक तथा प्रतिनिधि ,नेपालि जनसम्पर्क मंच इजरायलका सभापति खगेश्वर अधिकारि , संघीय सामाजिक मंच इजरायलका अध्यक्ष प्रताप मादेंन लिम्बु ,नेपालि आदिवासी जनजाति महा संघका प्रतिनिधि ,प्रवासी एकता मंचका सचिवअनिरुद्द सुवेदी ,    नेफनिन इजरायलका निवार्तान अध्यक्ष नरेश कुमार श्रेष्ठ ,नेवा खालकि प्रतिनिधि बिमला श्रेष्ठ अन्तर्राष्ट्रिय सत्य साइ सेन्टर इजरायलकि अध्यक्ष ,नेहा गुरुङ ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री तारा काउछा मगर लगायत बिभिन्न समाजसेवी ब्याक्तित्वहरु ,अनलाइन मिडियाका प्रतिनिधि हरुको उपस्थिति र आथित्यमामा कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको हो ।

सचिव तारा ढकाल  कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपालको बदलिदो राजनीतिक व्यवस्थालाइ प्रष्ट पार्दै आफु आबद्द भएको पार्टी र नया शक्ति पार्टीको एकीकृत पछी घोषणा गरिएको “समाजवादी पार्टी नेपाल” अबका आउने दिनहरुमा कसरि अघाडी बढ्ने र समानुपातिक समाजवेसी संघियता का मुद्दा हरुलाई राजनीतिक दलहरुले जोब्रोमा मात्र “म म” मात्र भनेको र बोलेका कुराहरुलाई र संविधानमा लेखेका बिषयबस्तुहरुलाई कार्यन्वयन गर्न नसक्नु केन्द्रिय सरकारको लाजमर्दो कुरा हो भन्ने कुरा मन्तव्यमा राख्नु  भएको थियो । लाक्पा लामा शेर्पाले आफ्नो छोटो मन्तव्य राख्दै देशमा बाहुन बादीको अन्त्य हुनु पर्छ भन्ने कुरालाई बताउदै नेपालि संघीय समाज (नेफेसो ) इजरायलमा सदस्यको रुपमा आबद्द हुन् पाउदा आफु भाग्यशालि ठानेको बताउनु भयो ।

शुभकामना मन्तव्यकै सन्दर्भमा प्रवासी एकता मंचका सदस्य  जय ओडेरीले  आफ्नो मन्तव्य राख्दै संघीय समाजवादी पार्टी फोरम नेपाल र नयाँ सक्ति पार्टी नेपाल बिचको पार्टी एकता गराई राष्ट्र र देशमा केहि गर्नुपर्छ भन्ने हेतु र भावानाले अघाडी बढी रहनु भयेको छ तसर्थ यी दुइ पार्टीको एकताले एक दुइ दिन मात्र नभइ निरन्तर रुपमा नयाँ मार्ग निर्देशन लिएर आवोस भन्ने शुभकामना दिंदै “समाजवादी पार्टी नेपाल”ले देश र नेपालि जनताका भाग्य र भविष्य प्रति अडिक बनेर अघाडी बढ्न आग्रह गर्नु भएको थियो ।त्यस्तै प्रबासि       मंचका सचिब अनिरुद्र सुबेदिले समेत मन्तव्य राख्नु भएको थियो !

नेपाली जन सम्पर्क मन्च इजरायलका सभापति  खगेस्वर अधिकारीले  शुभकामना मन्तव्य  “समाजवादी पार्टी नेपाल” बिचको एतिहासिक एकता घोषणा कार्यक्रममा- कार्यक्रमका प्रमुख अथिति नेपालि संघीय समाजका संस्थापक संयोजक निबर्तामान अध्यक्ष एवंम् बर्तमान सल्लाहकार समितिका अध्यक्ष सुन्दर सिँह लामा तामांगले  आफ्ना केहि भनाइ राख्दै नेपालको राजनीतिक इतिहासमा जनताले देखि रहेको र भोगी रहेको बिषयलाइ उठान गर्दै पार्टीहरुको बिचमा पार्टी थप्ने काम नभइ कन बिगतमा देशलाइ सम्वृद्धि तिर अग्रसर बनाउन ,देशमा सुशान स्थापित गराउनको निमित्त ,देशलाइ भ्रष्ट्राचार उन्मुख गराउनको निमित्त ,देशमा सम्वृद्धि ल्यानको निमित्त संघीय समाजवादी पार्टी फोरम नेपाल र नयाँ सक्ति पार्टी नेपाल जुन ढंगले अघाडी बढी रहेको थियो त्यो कुरा र बिषय सहरानिय रहेको बताउदै आफ्ना पार्टीका उच्च पदमा रहेका नेताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

पार्टीका प्रवासी संघठनमा आबद्ध रहेका सदस्यहरु आफ्नो पार्टी प्रति हर्षित रहेको उहाले बताउनु भयो । दुइ पार्टी एकीकृत भएर बनेको “समाजवादी पार्टी नेपाल” पार्टीको काधमा देश र नेपालि जनता प्रतिको ठुलो जिम्वेवारी थपिएको प्रष्ट पार्नु भयो । पार्टी भित्र रहने नेता ज्युहरुले भ्रष्टाचार र घुसखोरी बाट टाढा रहेर हाम्रो देशको खस्किदो राजनीतिक र नेपालि जनताको दु:ख कष्टलाइ बुझेर इमान्दार तरिकाले जनताको हितमा कामगर्नुहुने छ भन्ने बिषयमा आफुहरु विश्वस्त रहेको बताउनु भयो । नेपालि संघीय समाजका संस्थापक संयोजक निबर्तामान अध्यक्ष एवंम् बर्तमान सल्लाहकार समितिका अध्यक्ष सुन्दर सिँह लामा तामांग  मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय नेपालि समाजका अध्यक्ष श्री तेज बहादुर श्रेष्ठ ज्युले आफ्नो मन्तव्य राख्दै दुवै प्रवास संघठन भंग र विघटन भएको घोषणा गर्दै हर्षउल्लासका साथ् “समाजवादी पार्टी नेपाल”लाइ पूर्ण रुपमा आबद्ध भइ साथ् र सहयोग दिने बताउनु भएको थियो ।श्रेष्ठले जनताले बनाएको संविधान र उक्त संबिधानमा लेखेका कुराहरु माथि टेकेर तत्कालिन केन्द्रिय सरकार नेकपाले काम गर्न नसकेको र “समाजवादी पार्टी नेपाल”को पनि यही माग रहेको उंहाले मन्तव्यमा बताउनुभएको थियो ।साथै आरक्षणको बिषयमा बोल्दै सरकारले असहमति जानेको र संविधानमा लेखको कुरालाई सरकारलीसहमती जनाउनु लज्जास्पद कुरा रहेको र किन लेखिएको ? गुठि विधेयक प्रति पनि आफ्नो पार्टी असन्तुष्टि रहेको प्रष्ट पार्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपालि समाजका अध्यक्ष श्री तेज बहादुर श्रेष्ठ ज्युको शुभकामना मन्तव्य भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायल‘समाजवादी पार्टी नेपाल’ गठन भएको अवसरमा इजरायल वाट नयाँ सदस्यहरुले पार्टी प्रवेश गर्नु भएको थियो पार्टी प्रवेश गर्नेमा नेफनिन इजरायलका निवार्तान अध्यक्ष नरेश कुमार श्रेष्ठ , नेपाल तामांग धेदुंगका कार्यकारी दावा तामांग अन्य साथीहरु रहनु भएको थियो ।

“समाजवादी पार्टी नेपाल”का प्रवास संगठन नेपालि समाज इजरायलका सल्लाहकार तथा नयाँ कार्यकारिणी समिति नयाँ कार्यकारिणी समिति-

*अध्यक्ष- सुन्दर सिहं लामा तामांग *सह -अध्यक्ष तेज वहादुर श्रेष्ठ *बरिष्ट उपाध्यक्ष- फुर्वा शेर्पा *उपाध्यक्ष- कुमार पौडेल *उपाध्यक्ष- छोंग्बा शेर्पा *उपाध्यक्ष- शार्किनी होल्मो *उपाध्यक्ष- दिपक शाह ठकुरी सचिवालय- *महासचिव – अनिला मोक्तान तामांग *सचिव – तारा ढकाल *सचिव – आन्गछीरिंग शेर्पा *सचिव -पेम्बा ह्याल्मो *सचिव – शंकर गोले तामांग *प्रबक्ता – समिर स्याङवा *कोषाध्यक्ष- अनिता राइ *सह-कोषाध्यक्ष-सुनिता मोक्तान तामांग सल्लाहकारहरु – *प्रमुख सल्लाहकार- पासाङ नुर्बु शेर्पा *सल्लाहकार – बाल कुमार राइ *कल्पना मोक्तान तामांग *सावित्री आधिकारी सदस्यहरु :- *दोर्जे शेर्पा -आर्थिक प्रमुख *रुक्सा भट्टराई *अनुराज मोक्तान तामांग *सोनाम ह्याल्मो *उर्गेन शेर्पा *छ्योकी डुमजन तामांग *गोमा पोख्रेल *दुर्गा आङम्बे *दिनेश मोक्तान तामांग *नरेश कुमार श्रेष्ठ *पासांग शेर्पा *दावा थोकर तामांग रहेका छन् । कार्यक्रम संचालिका महासचिव अनिला मोक्तान तामांगको सन्चालनमा सम्पन्न भएको थियो

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty two + = 69