किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइने, गायक पोख्रेल र गायिका सुनिता इजरायल आउने!

इजरायल बिसेष समाचार

इजरायल-

भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७६  (येले तङ्बे ५०७९  )  चासोक तङ्नाम (न्वागी पुजा) गत बर्ष झैँ यो साल पनि मनाउने भएको छ !

आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार आयोजना मिति तय गरिएको उक्त कार्यक्रममा नेपाली चर्चित गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आउने भएका छन्  कार्यक्रम हगना हल १३५ मा हुने निश्चित भएको छ !

किरात याक्थुङ चुम्लुङ इजरायलको मुख्य आयोजना रहने यस कार्यक्रमबाट प्रदेश १ मा रहेका लिम्बुवानका असहाय अपाङ्ग भएका जेहेन्दार बालबालिकाहरुलाई छात्रवृति प्रदान गरिदै आएको कियाचु इजरायल कल्याणकारी कोष अभिबृदीको लागी रहने बताइएको छ ।

आयोजक कियाचुले सामाजिक संजालमा एक सूचना जारी गर्दै उक्त मिति र समयमा कुनै पनि संघ संस्था तथा संगठनहरुले अन्य कार्यक्रम नजुधाइ सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतालाइ बचाउन सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

गत साल 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = fifty four