संविधान दिवश २०७६ इजरायलमा मनाईने !

इजरायल बिसेष

तेलअविव – इजरायलमा बसोवास गर्ने नेपालीहरुले संविधान दिवश २०७६ को अबसरमा २० सेप्टेम्बर २०१९ (शुक्रबार) बेलुका ७ बजे तेलअविव शहर स्थित लेबेन्सकी पार्कमा भेला भएर संविधान दिवश मनाउने भएका छन् ।

सङ्घिय गणतन्त्र’ नेपालको संविधान २०७२ ले सामन्ती निरंकुश केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद उत्पिडनको अन्त्य गर्दै विविधताबिचको एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन संविधानको रक्षा गर्दै मुलुकलाई समुन्त समृद्धिमा लागीरहेको यो महत्वपूर्ण घडिमा संविधान दिवश २०७६ अबसरमा न्याय प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै संविधान दिवश मनाउन लागेको हो ।

नेपाली दुतावास इजरायलले तेलअविवमा एक कार्यक्रमको आयोजन गरी  १९  सेप्टेम्बर २०१९ (बिहिबार) साँझ  ‘संविधान दिवश २०७६’ मनाउने  सूचना मार्फत जानकारी दिएको छ ।

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन ‘संविधान सभा’ले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ ।

इजरायलमा नेपाली पब्लिकको तर्फबाट संबिधान दिबस मनाईने भएकोले निर्धारित समयमै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित हुन् हार्दिक अनुरोध गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =